मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमलबजार विमानस्थलका लागी ३ करोड बजेट विनियोजन

कमलबजार विमानस्थलका लागी ३ करोड बजेट विनियोजन


अछाम : जिल्लाको पूूर्वि क्षेत्र स्थित कमलबजारमा रहेको कमलबजार विमानस्थलका लागी सरकारले ३ करोड बजेट विनियोजन गरेको छ । बिमानस्थल सुुदृढीकरण गर्ने उद्धेश्यले सो रकम विनियोजन गरिएको बताईएको छ ।

यहि पौष ११ गते आईतबार नेपाल नागरिक उड्डयन प्राधिकरणको बैठक बसि शुुदुुरपश्चिममा रहेका विमानस्थलहरुको निमार्ण तथा स्तरोउन्नती गर्ने सन्दर्भमा छलफल भएको हो । नेपाल सरकारका संस्कृती तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुुर आलेको अध्यक्षतामा बैठक बसेर शुुदुरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा रहेका विमानस्थलहरुका लागी बजेट विनियोजन गर्ने बिषयमा छलफल भएको हो ।

बि. स. २०६८ सालमा तत्कालिन नेपाल सरकारका संस्कृती तथा नागरिक उड्डयन मन्त्री गोकर्ण बिष्ट मगर द्धारा टेस्ट फ्लाईट गरिएको कमलबजार विमानस्थल बर्तमान समयमा भने पुुर्ण रुपमा गौचरणमा परिणत भएको छ । विमानस्थलको टर्मीनल टावर हाउस निमार्ण चरणको अन्तीम अवस्थामा पुुगिसकेको बेला तत्कालिन नेकपा माओवादीले भत्काएर नष्ट गरेको थियो ।

सरकारको करौडौं लगानी डुुब्नै लाग्दा भने पछिल्लो समय केहि आसाको किरण जागेको छ । राष्ट्रीय शभा सदस्य शेर बहादुुर कुुँवर, माननिय राम बहादुुर बिष्ट, कमलबजार नगरपालिकाका नगर प्रमुुख ओम प्रकाश बिष्ट र केहि अन्य ब्यक्तीको संयुुक्त प्रयासमा यतिबेला यस विमानस्थलले क्रमागत बजेट अन्र्तगत ३ करोड पाएको हो ।

संघर्षको लामो समय पछि सो बजेट पाएको नगर प्रमुुख बिष्टले बताउनुु भएको छ । यस विमानस्थलका लागी आफुु अहोरात्र खटेको स्मरण गर्दै उहाँले बिकास निमार्णका लागी कहिल्यै पछि नहटेको र आगामी दिनमा पनि यहाँको सम्बृद्धीका लागी लागीपर्ने बताए ।

नगर प्रमुुख बिष्टले बजेट विनियोजन गर्न महत्वपुुर्ण भुुमिका खेल्नुु हुुने सम्पुुर्णलाई धन्यबाद दिए । यस्तै अछामको साँफेबगर विमानस्थल स्तोउन्नतीका लागी पनि सरकारले ३ करोड नै बजेट विनियोजन गरेको छ भने सुदूरपश्चिमका धनगढी सहित अन्य जिल्लाका बिमानस्थलको लागि पनि बजेट विनियोजित भएको छ।