मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्मार्टफोनले यसरी स्क्यान गर्छ तपाईँको ‘फिङ्गरप्रिन्ट’

स्मार्टफोनले यसरी स्क्यान गर्छ तपाईँको ‘फिङ्गरप्रिन्ट’


काठमाडौं । अहिलेको डिजिटल युगमा हामी सबैको साथमा स्मार्टफोन हुने कुरा त सामान्य नै हो । स्मार्टफोन तपाईँ हाम्रो दैनिक जीवनको अभिन्न अङ्ग बनिसक्यो ।

मोबाइल निर्माता कम्पनीहरू धेरैभन्दा धेरै ग्राहकलाई आफूतर्फ आकर्षित गर्नका लागि समय समयमा आफ्ना स्मार्टफोनमा नयाँनयाँ फिचर ल्याइरहेका हुन्छन् । यस्ता फिचर केवल प्रयोगकर्तालाई आकर्षक अनुभव दिनका लागि मात्र नभएर कम्पनीको मुनाफा समेत बढाउने गर्दछन् ।

केही वर्षयता कम्पनीहरूले प्रयोगकर्ताको सुरक्षा र सहजतालाई ध्यानमा राख्दै फिङ्गरप्रिन्ट स्क्यानर फिचर दिँदै आइरहेका छन् । अहिलेको समयमा आएर लगभग सबैजसो स्मार्टफोनमा यो फिचर रहेको हुन्छ ।

तर के तपाईँले कहिल्यै फिङ्गरप्रिन्ट स्क्यानरले कसरी काम गर्छ भन्ने कुरा विचार गर्नु भएको छ ? आज हामी यसै विषयमा चर्चा गर्दैछौँ ।

स्मार्टफोनले तपाईँको फिङ्गरप्रिन्ट अर्थात औँठा छाप पढ्नका लागि अप्टिकल, क्यापासिटिभ तथा अल्ट्रासोनिक प्रविधिको सहयोग लिन्छ । अप्टिकल फिङ्गरप्रिन्ट रिडरले एउटा विशेष प्रकारको क्यामेरा प्रयोग गर्दछ ।

जसबाट तपाईँको औँठा छापको तस्वीर लिने गर्दछ । यति गरिसकेपछि त्यसले तपाईँको फिङ्गरप्रिन्टको तस्वीर प्रमाणीकरण गर्नका लागि पठाउँछ ।

अगाडि गएर मोबाइलले तपाईँको फिङ्गरप्रिन्टको फोटोलाई एउटा कोडमा परिवर्तन गरिदिन्छ । यद्यपि फिङ्गरप्रिन्टको एउटा राम्रो तस्वीरको सहयोगमा यो सेन्सरलाई सहजै झुक्याउन पनि सकिन्छ ।

त्यसैले यसलाई क्यापासिटिभ स्क्यानरसँग जोडिन्छ । यो प्रविधिले वास्तवमै स्क्रिनमा कुनै फिङ्गरप्रिन्ट छ अथवा त्यसको तस्वीर मात्र छ भन्ने कुरा पत्ता लगाउने काम गर्दछ ।

क्यापासिटिभ फिङ्गरप्रिन्ट स्क्यानरले ससाना क्यापासिटर ग्रिड प्रयोग गरी विद्युत स्टोर गर्ने काम गर्दछ । तपाईँको फिङ्गरप्रिन्टको लहरले जब क्यापासिटर ग्रिडमा छुन पुग्छ, त्यस दौरान विद्युत डिस्चार्ज हुने गर्छ ।

यस प्रकारले हजारौँ क्यापासिटरको एउटा व्यूह तपाईँको फिङ्गरप्रिन्ट म्याप गर्नका लागि प्रयोगमा ल्याइन्छ । यसका साथै आधुनिक फिङ्गरप्रिन्ट स्क्यान गर्नका लागि अल्ट्रासोनिक फिङ्गरप्रिन्ट स्क्यानरको सहयोग लिने गरिन्छ ।

यसको प्रयोग बढीजसो मेडिकल क्षेत्रसँग सम्बन्धित काममा हुने गर्दछ । यसमा एउटा खास प्रकारको अल्ट्रासोनिक पल्सलाई तपाईँको फिङ्गरप्रिन्टमा प्रसारण गरिन्छ । त्यसपछि तपाईँको फिङ्गरप्रिन्टबाट प्रतिबिम्बित भएर जुन पल्स आउँछ, त्यसलाई मापन गरिन्छ । – टेकपाना