मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस अछामलाई चलायमान बनाउन युवा नेतृत्वको खाँचो छ : महासमिती सदस्य कुवँर

कांग्रेस अछामलाई चलायमान बनाउन युवा नेतृत्वको खाँचो छ : महासमिती सदस्य कुवँर


अछाम : जिल्लाको साफेबगर नगर पालिका वडा ११ देबिस्थानमा कार्यकर्ता भेटघाट तथा प्रवेश कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस वडा नं. ११ को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा एमाले परित्याग गरी ३ जना नेपाली कांग्रेसमा प्रबेश भएका छन् । वडा सभापति वीर बहादुर खड्काको सभापतित्व भएको कार्यक्रमका प्रमुख अथिती कांग्रेस महासमेती सदस्य राजन कुंवर रहेका थिए ।

प्रमुख अथिति कुवँरले कांग्रेस अछामलाई चलायमान बनाउन युवा नेतृत्वको खाँचो रहेको औल्याए । साथै उनले आफु पार्टी सभापतीमा बिजयी भए भातृ संगठन चलायमान बनाउदै लैजाने बताए । साथै स्थानिय देखि प्रदेश र केन्द्रको चुनावमा समेत कांग्रेस अछामलाई पहिलो पार्टी बनाउने उनको दाबी थियो ।

कार्यक्रममा बिशिस्ट अतिथि पुर्ब महाधिवेशन प्रतिनिधि टकर ताम्राकार, अछाम् क्षेत्र न १ क का सभापति महेश खड्का रहेका थिए ।

कार्यक्रममा क्षेत्रिय सह सचीव गणेश खड्का, पुर्ब क्षेत्री सचीव भक्त कुंवर, क्षेत्रिय सदस्य प्रेम खड्का, साफेबगर नगर सभापति लाल ब कुंवर, उपसभापति उज्ज्वल बोहरा, सचीव अनिल रैगाई, सह सचीव प्रकास खड्का, एकेन्द्र बुडथापाको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन वडा सचीव बिनोद खडकाले गरेका थिए ।