मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेबिसंघ सिटिईभिटी सुप प्रदेश समन्वय समितीले पायो पूर्णता, सचिवमा साँउद

नेबिसंघ सिटिईभिटी सुप प्रदेश समन्वय समितीले पायो पूर्णता, सचिवमा साँउद


अछाम । नेपाल बिद्यार्थी संघको सिटिईभिटी कमिटी अन्र्तगत सुदूरपश्चिम प्रदेश समन्यव समितीले पूर्णता पाएको छ ।

नेपाल बिद्यार्थी संघको सिटिईभिटी सुदूरपश्चिम प्रदेश समितीका अध्यक्ष बिष्णु बयालले कार्य समितीमा मनोनित गर्दे समितीलाई पूर्णता दिएका हुन् ।

कार्य समितीमा क्षमता, संर्घष र समग्र संगठनमा पुर्याएको योग्दानको कदर गर्दै पदाधिकारी तथा सदस्यमा मनोनित गरिएको अध्यक्ष बयालले बताए । उनले नेबिसंघको बिधि, बिधान र मर्यादा भित्र रहेर सिटिईभिटी समन्वय समितीलाई चलायमान बनाउन आग्रह गरेका छन् ।

मनोनित हुनेहरुमा उपाध्यक्ष प्रकाश गिरी, सचिव छत्र साँउद, कोषाध्यक्षमा सत्य कुवँर, सहसचिमा तिथराज जोशी, उद्धब रावल, गोकर्ण महरा, प्रियंका उप्रेती, रविन कटुवाल, भुवन पन्त र राकेश खड्का रहेका छन् ।

समितीले सिटिईभिटी अन्र्तगतका कलेज तथा शिक्षण संस्थामा अध्ययनरत बिद्यार्थीका हक हितका पक्षमा काम गर्ने छ भने संघलाई क्रियाशिल बनाउन समेत भुमिका खेल्नेछ ।