मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस युवा नेता कुवँरद्धारा जिल्ला उपसभापतीमा उम्मेद्धारी घोषणा

कांग्रेस युवा नेता कुवँरद्धारा जिल्ला उपसभापतीमा उम्मेद्धारी घोषणा


अछाम : नेपाली कांग्रेस अछामको जिल्ला उपसभापती पदका लागि युवा नेता ललित कुवँरले उम्मेद्धारी घोषणा गरेका छन् ।

किसान संघ अछामका अध्यक्ष समेत रहेका नेता कुवँरले पार्टी संगठनलाई बलियो र चलायमान बनाउन उपसभापती पदमा उम्मेद्धारी दिने घोषणा गरे ।

नेपाली कांग्रेस अछामलाई जिल्लामा बलियो पार्टी बनाउन युवा र परिपक्क नेताहरुको सयुक्त समिती आउन जरुरी रहेको भन्दै आफुले उपसभापती पदमा उम्मेद्धारी दिने निर्णय गरेको नेता कुवँरले सुदूरआजलाई बताए ।

२०६२/०६३ को जनआन्दोलन देखि नै जिल्लामा कांग्रेसको संगठन बनाउन देखि नेता कार्यकर्ता संग अछामका दुबै क्षेत्रमा खटेर संगठन निर्माण गर्न भुमिका निर्वाह गरेको नेता कार्यकर्ताको बुझाई छ ।

नेपाली कांग्रेस अछामको जिल्ला अधिबेशन यहि फागुन १३ गते हुने भएको छ ।