मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नागरिक एपमा थपियो लाइसेन्स लिङ्क गर्ने सुविधा, अब त्यसैबाट खाता समेत खोल्न मिल्ने

नागरिक एपमा थपियो लाइसेन्स लिङ्क गर्ने सुविधा, अब त्यसैबाट खाता समेत खोल्न मिल्ने


काठमाडौं । सरकारले सम्भव भएसम्मका सबै सरकारी सेवा सुविधा एउटै एपबाट दिने गरी ल्याएको नागरिक एपको पछिल्लो अपडेट आएको छ । यो नयाँ अपडेटसँगै अब ड्राइभिङ लाइसेन्स (सवारीचालक अनुमतिपत्र) नागरिक एपमा लिङ्क गर्न सकिने भएको छ । 

सरकारको मुख्य एपको रुपमा रहेको नागरिक एपले ब्लुबुक नवीकरण सुविधासँगै यो नयाँ फिचर समेत ल्याएको हो । यसका लागि नागरिक एपमा ड्राइभिङ लाइसेन्स नामक नयाँ आइकन थपिएको छ ।

त्यसमा दबाएर आफ्नो सवारीचालक अनुमतिपत्र एपमा लिङ्क गर्न सकिनेछ । यति मात्र होइन, मतदाता परिचयपत्र, नागरिकता र राहदानी जस्तै अब ड्राइभिङ लाइसेन्सबाट समेत नागरिक एपको खाता खोल्न सकिनेछ । एन्ड्रोइडमा आइसकेको यो नयाँ अपडेट आईओएसका लागि भने केही दिन कुर्नुपर्नेछ ।

निकट भविष्यमा नागरिक एपबाटै त्यसको नवीकरण तथा राजस्व भुक्तानी गर्न सकिने सुविधा समेत उपलब्ध हुने बताइएको छ । नागरिक एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।