मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवा नेता स्वाँरको जिल्ला सचिव पदमा उम्मेद्धारी घोषणा (प्रतिबद्धता सहित)

युवा नेता स्वाँरको जिल्ला सचिव पदमा उम्मेद्धारी घोषणा (प्रतिबद्धता सहित)


अछाम : नेपाली कांग्रेसका युवा नेता बम स्वारले जिल्ला सचिव पदका लागि उम्मेद्धारी घोषणा गरेका छन् । पार्टीलाई चलायमान र रुपान्तरण गर्न युवाको खाँचो रहेको भन्दै जिल्ला सचिब पदमा उम्मेद्धारी घोषणा गरेका हुन्।

अछामी युवा , विद्यार्थी, महिला तथा बालबालिकाको नजरमा चिरपरिचित नेता स्वाँर कांग्रेस अछामको सचिवका लािग उम्मेद्धारी घोषणा गरेका हुन् । २०६० सालमा नेपाल विद्यार्थी संघमा आबद्ध भएका स्वार २०६२/६३ सालको जनआन्दोलनमा पार्टीको झण्डा बोकेर आन्दोलनमा होमिएका थिए ।

२०६४ सालमा नेपाल विद्यार्थी संघ +२ इकाइको सभापति हुदैँ पार्टीको विभिन्न तहको संगठनका काममा जिल्लाका सबै गाउँ तथा टोलमा पुगेर आम जनताका माझ घुलमिल भएका नेता स्वार २०६४ सालमा नेविसंघ अछामको जिल्ला सदस्य भएर काम गरे । २०६७ सालमा अछाम बहुमुखी क्याम्पस इकाइ सभापति भएरनिरन्तर विद्यार्थीका समस्याका लागि वकालत गर्ने युवा नेता स्वार २०६९ देखि हालसम्म नेविसंघको जिल्ला सचिवको रुपमा कार्यरत छन् ।

सानै उमेरमा समाज परिवर्तनको हुटहुटी बोकेर राजनीतिमा होमिएका युवा नेता स्वारको अर्को पहिचान होे साहस ,न्याय र समाज सेवामा जहिल्यै कटिबद्ध भएर लाग्नु रहेको दाबी गर्छन्।

नेपाल विद्यार्थी संघका हरेक स्कूल क्याम्पस जिल्लामा निरन्तर संगठन निर्माण र अन्य रचनात्मक गतिविधि सञ्चालन गरेका युवा नेता स्वार पार्टीका अभियान, कार्यक्रम, बैठक गोष्ठीमा निरन्तर सक्रिय छन् । २०६५ सालमा कैलालीको विद्यार्थी आन्दोलनमा गृहफ्तार भएका नेता स्वार ०६८ र २०७२ मा अछाम जिल्लामा गृहफ्तार भएका थिए ।

पार्टिमा सदैव आफ्नो अतुलनिय योगदान दिदै नैतिकता ,निष्ठा ,अनुशासन ,इमान्दारिता ,लगनशीलता ,निरन्तरताको राजनिति गर्दै आएका आएका नेता स्वारले आफ्ना केहि प्रतिवधता सहित नेपाली कांग्रेस अछामको १४ औैं महाधिवेशन अन्तरगत जिल्ला सचिवको उम्मेदवारी घोषणा गरेका छन् ।

उनले घोषणा गरेका प्रतिबद्धता
१ घर– घर, जन्–जन्, मन– मन कांग्रेस अभियान
२ प्रत्येक वर्ष जनताको घरदैलो अभियान सञ्चालन गर्ने
३ प्रत्येक जात–जाति, क्षेत्र–भेग, दलित–अल्पसंख्यक, गरीब–किसान,सबै समुदायको घर आगनमा पुग्ने हरेक विषयमा अध्ययन अनुसन्धान गरी वार्षिक दस्तावेज तयार गर्ने र संकलित समस्या र दस्तावेज माथि छलफल गरी समाधान लागि निरन्तर प्रयास गर्ने
४ कांग्रेस भित्रको बेथिति, अन्तरघात, गुटबन्दी, अस्वस्थ प्रतिस्पर्धाको अन्त्यको लागि लाग्ने र पार्टीभित्र रहेका तिक्तताको निवारणको लागि समन्वयकारी भूमिका निर्वाह गर्ने
५ कांग्रेसको आदर्श सिद्धान्त शिरोधार्य गरेर निरन्तर रुपमा लागेका इमान्दार कार्यकर्ता लाई प्रत्येक वर्ष बिपी स्मृति दिवस को दिन सम्मान गर्ने
६ भातृ संस्थालाई नियमित,निरन्तर संगठन निर्माणको लागि सक्रिय बनाउने,
७ पार्टीका हरेक कार्यकर्ताहरुको र प्रत्येक कार्यक्रमहरुको दस्तावेज,अभिलेखराख्ने,मूल्यांकन प्रणालीको सुरुवात गर्ने
८ नेताको सँगत नभई लगानीको मूल्यांकन गर्ने परिपाटीको विकास गर्ने
९ पार्टीका हरेक सिफारिस संस्थागत र एकद्वार प्रणालीबाट सञ्चालन गर्ने
१० पार्टीको हितका लागि सामाजिक कार्य लाई सञ्चालन गर्न जनता उत्थान कोष निर्माण गर्ने,यसै मार्फत गरीब दुखी अशाय विपन्न वर्गका नागरिकलाई सहयोग गर्ने र पार्टीका सैदान्तिक बैचारिक प्रशिक्षण सञ्चालन गर्ने

राजनितिक आबद्धता
नेपाल विद्यार्थी संघमा आवद्धता २०६०
नेपाल विद्यार्थी संघ मावि इकाई सचिव २०६१
२०६४ सालमा नेपाल विद्यार्थी संघ +२ इकाइको सभापति
०६२र०६३को जनआन्दोलन मा पार्टीको झण्डा बोकेर आन्दोलनमा होमिएको
नेपाल विद्यार्थी संघं इकाई सभापति २०६४
नेपाल विद्यार्थी संघको जिल्ला कमिटी सदस्य २०६४
नेपाल विद्यार्थी संघ अछाम क्याम्पस इकाई सभापति २०६७
नेपाल विद्यार्थी संघ जिल्ला सचिव २०६९,
कैलाली को विद्यार्थी आन्दोलनमा गृप्तार,२०६५
अछाम जिल्लामा दुईपटक विद्यार्थी आन्दोलनमा गृप्तार,२०६८र२०७२