मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काग्रेस नगर कार्यसमिति र शिक्षक संघको सयुक्त बैठक साँफेबगरमा सम्पन्न

काग्रेस नगर कार्यसमिति र शिक्षक संघको सयुक्त बैठक साँफेबगरमा सम्पन्न


अछाम : नेपाली काग्रेस साँफेबगर नगर कार्यसमिति र शिक्षक संघको सयुक्त बैठक आज साँफेबगरमा सम्पन्न भएको छ । बैठकमा पार्टी संगठन सदृढीकरण,स्थानीय तहको निर्वाचन र आसन्न जिल्ला अधिबेशन लगायका बिषयमा छलफल भएको छ ।

नेपाली काग्रेस नगर सभापति लालबहादुर कुवर नेत्रको अध्यक्षतामा भएको बैठकका प्रमुख अतिथि नेपाल शिक्षक संघका पुर्ब केन्द्रिय सदस्य देबेन्द्र शाह रहेका थिए।

कार्यक्रममा बिशिष्ट अतिथि नेपाल शिक्षक संघका सघीय प्रतिनिधि प्रेम बहादुर कुवर,डबल बहादुर शाह,अतिथि नेपाल शिक्षक संघका अर्थ सचिब नन्दराज भण्डारी,नेपाल शिक्षक संघका प्रदेश प्रतिनिधि बिर बहादुर कुवर,शिक्षक महासंघका धन बहादुर खाती,साफेबगर नगरपािलका वडा नम्बर २ का शिक्षक संघका वडा संयोजक दिपकराज रेग्मी,देबिस्थानका वडा सभापति बिर बहादुर खड्काले सुझाब सहितको मन्तव्य राखेका थिए।

बैठकको सञ्चालन नगर सचिब सुदर्शन शर्माले गर्नु भएको थियो भने स्वागत मन्तव्य उपसभापति उज्जल बोहराले राख्नु भएको थियो ।