मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस युवा नेता गोकुल भाटको जिल्ला सदस्यमा उम्मेद्धारी घोषणा

कांग्रेस युवा नेता गोकुल भाटको जिल्ला सदस्यमा उम्मेद्धारी घोषणा

सुदूर आज

अछाम । नेपाली कांग्रेस अछामकाा युवा नेत गोकुल भाटले जिल्ला सदस्य पदमा उम्मेद्धारी घोषणा गरेका छन् । नेपाली कांग्रेस अछामको ७ औँ जिल्ला अधिबेशनमा जिल्ला कार्य समिती सदस्य पदमा उम्मेद्धारी रहने नेता भाटले बताए ।

नेपाली कांग्रेस अछामलाई ससक्त रुपमा अघि बढाउन र सबै तहका आम निर्वाचनमा पार्टीलाई जिताउन आफुले भुमिका खेल्ने भन्दै जिल्ला सदस्य पदमा उम्मेद्धारी घोषणा गरेको बताए ।

नेपाली कांग्रेस साँफेबगर नगर कार्य समितीका पूर्व सभापती समेत रहेका युवा नेता भाटले परिपक्क र युवाको सयूक्त जिल्ला कार्य समिती बन्नु पर्ने भन्दै आफुले उम्मेद्धारी घोषणा गरेको बताए ।

पार्टी बलियो र चलायमान बनाउन युवाको खाँचो रहेको भन्दै नेता भाटले आफुले जिल्ला सदस्यमा उम्मेद्धारी दिएको बताए । नेपाली कांग्रेस अछामको जिल्ला अधिबेशन यहि फागुन १५ गते मंगलसैनमा हुदैछ ।