मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रियता भन्दा सरकार ठुलो हुन सक्दैन : कुँवर

राष्ट्रियता भन्दा सरकार ठुलो हुन सक्दैन : कुँवर


अछाम : नेकपा (एकीकृत समाजवादी) केन्द्रिय कमिटी सदस्य शेरबहादुर कुँवरले जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरीनु पर्ने धारणा व्यक्त गरेका छन ।

नेकपा (एकीकृत समाजवादी) को साँफेबगर नगर संगठन कमिटीको प्रथम विस्तारित बैठकमा बोल्दै केन्द्रिय कमिटी सदस्य कुँवरले राष्ट्रियताभन्दा सरकार ठूलो नभएका कारण गठबन्धन तोड्न पार्टी तयार हुनु पर्ने बताए ।

तर, एमसिसी कुनै पनि सर्त वा बहानामा अघि बढ्नै दिदैनौँ, राष्ट्रियसभा सदस्यसमेत रहेका कुँवरले भने । अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० सम्झौओताका विषयमा राष्ट्रिय सहमति जुट्नुपर्ने नभए संसदबाट पारित हुन नसक्ने बताए ।

सत्ता गठबन्धनको नेतृत्व गर्दै आएको नेपाली कांग्रेसले एमसीसी संसदबाट पारित हुनुपर्नेमा जोड दिदै आएपनि यो यस विषयमा गठबन्धनभित्र छलफल र सहमति नजुटेका कारण संशोधन र परिमार्जन नगरि अगाडि बढाउन नसकिने केन्द्रिय सदस्य कुँवरको भनाई रहेको छ ।

केन्द्रिय सदस्य कुँवरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रतिगमनका विरुद्ध र लोकतन्त्रको रक्षाको लागि एमालेबाट विद्रोह गरेर समाजवादी पार्टीको निर्माण भएको बताए । करिब दुई तिहाई नजिकको कम्युनिष्ट पार्टीको सरकार केपी ओलीका कारण समाप्त भएको दावि गरे ।

यस्तै बैशाख ३० गते हुन गैरहेको निर्वाचनमा जितको लागि सम्पुर्ण नेता कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्नको लागि निर्देशन समेत दिए । आगामी निर्बाचनमा एकीकृत समाजवादी एक्लै चुनाव लड्न समेत तयार रहेको धारणा व्यक्त गर्नुभयो । नगर संगठन कमिटीको प्रथम विस्तारित बैठकमा केन्द्रिय सदस्य एवम् अछाम ईन्चार्ज कुलबहादुर कुँवर, केन्द्रिय सल्लाहकार परिषदका सदस्य लगाएतको सहभागिता रहेको थियो