मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस पटक मेरो नाममा सहमती हुने विश्वास लिएको छु : सभापतीका उम्मेद्धार खनाल

यस पटक मेरो नाममा सहमती हुने विश्वास लिएको छु : सभापतीका उम्मेद्धार खनाल


अछाम । नेपाली कांग्रेस अछामका नेता टिकाराम खनालले जिल्लामा सभापतीमा सहमती गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । आफु सिनियर नेता भएकाले यसपटक मलाई सभापती सहमती हुनुपर्नेमा जोड दिएका हुन् ।

यसपटक आफुलाई सभापतीमा सहमती अरु नेताले पनि गर्ने नेता खनालले बिश्वास गरेका छन् । यदि सहमती नभएपनि आफु चुनावी प्रक्रियामा जाने नेता खनालले बताए ।

सभापतीका अरु उम्मेद्धार संग मेरो कुरा भएको छ नेता खनालले भने यसपटक म सबैको साझा उम्मेद्धार हुनेछु । आफु सभापती भए आफुनो अनुभव प्रयोग गरेर पार्टीलाई एक ढिक्का भएर लैजाने उनले बताए ।

पार्टीलाई अनुशासित बनाउनुपर्ने आवश्यक्ता रहेको भन्दै नेता खनालले सबैको सहयोगमा जिल्लामा पार्टीलाई चलायमान बनाउन लागि पर्ने प्रतिवद्धता जनाएका छन् ।