मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

व्याख्यात्मक टिप्पणीले एमसीसी परिमार्जन हुँदैन : डा.मिनेन्द्र रिजाल

व्याख्यात्मक टिप्पणीले एमसीसी परिमार्जन हुँदैन : डा.मिनेन्द्र रिजाल


पूर्वमन्त्री तथा नेपाली काँग्रेसका सांसद डा. मिनेन्द्र रिजालले एमसीसी सम्झौताका सम्बन्धमा संसदमा व्याख्यात्मक टिप्पणी गरिए पनि त्यसले सम्झौतालाई परिमार्जन, विकसित वा परिवर्तन गर्न नसक्ने बताएका छन् । प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै डा.रिजालले प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दलको आग्रहमा व्याख्यात्मक टिप्पणीका लागि सहमति जनाएको प्रस्ट पारे ।


उनले एमसीसी सम्झौताका कारण नेपाल रणभूमि बन्न थाल्यो भनेजसरी छलफल भइरहेकोमा पनि आपत्ति जनाए । सत्तामै रहेका दलका केही नेताले एमसीसीको समर्थन र केहीले आलोचना गर्दै आएकोमा पनि उनले असन्तुष्टि जनाए । उनले जनतालाई गुमराहमा राख्न नहुने प्रस्ट पारे ।



उनले नेपालजस्तो मुलुकले छिमेकी देशहरु र दातृ राष्ट्रबाट सहयोग लिनु स्वाभाविक भएको बताउँदै चीन, भारत र अमेरिका सबैको सहयोग नेपाललाई आवश्यक रहेको बताए । उनले संसदको वेल घेराउ गर्दै आएको नेकपा एमालेलाई लक्षित गर्दै नारा लगाएर मात्र लोकतन्त्र बलियो नहुने बताए ।