मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

व्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गरौं, अमेरिकाले नमाने सम्झौता अगाडि बढ्दैन : गगन थापा

व्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गरौं, अमेरिकाले नमाने सम्झौता अगाडि बढ्दैन : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले व्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गर्नुपर्ने बताएका छन् ।

व्याख्यात्मक घोषणा अमेरिकाले पनि मान्ने र नमाने सम्झौता अगाडि नबढ्ने बताए ।

‘व्याख्यात्मक घोषणा यहाँ छलफल होस्,’ संसदको छलफलमा थापाले भने, ‘त्यसमाथि छलफल गरेर पारित गरौं । त्यो पारित गरेपछि अमेरिकाले मान्छ कि मान्दैन ? मान्छ । मान्नुपर्छ । नमानेदेखि सन्धी अगाडि बढ्दैन ।’

थापाले भने, ‘किन ? हामीले यहाँबाट पारित गरिसकेपछि हाम्रो सन्धीसँग सँगै हाम्रो संसदले पारित गरेको व्याख्यात्मक घोषणा पनि संगसँगै जान्छ ।’