मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनुभवी र परिपक्क नेता कुँवरको जिल्ला उपसभापतीमा उम्मेद्धारी

अनुभवी र परिपक्क नेता कुँवरको जिल्ला उपसभापतीमा उम्मेद्धारी


अछाम । नेपाली कांग्रेस अछामको उपसभापती पदका लागि अनुभवी र परिपक्क नेता ललित बहादुर कुँवरले उम्मेद्धारी घोषणा गरेका छन् । अनुभबी तथा पाका नेताको रुपमा चिनिने नेता कुँवरले उपसभापती पदमा रहेर कांग्रेस अछामलाई योग्दान दिन उम्मेद्धारी दिने उद्घोष गरे ।

आफुले पार्टीमा लामो समय देखि सक्रिय रहेर काम गरेको र त्यहि अनुभवका आधारमा पुराना र नयाँ साथीहरुको सल्लाह बमोजिम यसपटक उपसभापती पदमा उम्मेद्धारी दिने उनले बताए । कांग्रेस अछामलाई आफुले दिन सक्ने योग्दान कहिल्यै पनि कमी नभएको भन्दै नेता कुँवरले सबैलाई सहयोग गर्न अपिल गरेका छन् ।

नेपाली कांग्रेसका लागि जहिल्यै प्रतिबद्ध , इमानदार र निष्ठावान रहेर अब्बल राजनीतिज्ञका रुपमा नेता कुँवरलाइ लिने गरिन्छ । समग्र अछामी राजनीतिमा सुझबुझ भएको परिपक्व र अनुभवी पुस्ताको पनि प्रतिनिधि कुँवरले भएकाले अछाम जिल्लामा कांग्रेसलाई सुदृढ बनाउन भूमिका खेल्ने बुझाई छ ।

पार्टी संगठन निर्माणका लागि अनुभवी पुस्ताको पनि अपरिहार्य आवश्यकता छ, युवा पुस्तालाई सुझाव, सल्लाह र मार्गनिर्देशनका लागि आफु जिल्ला कार्यसमितिमा अटाउनु पर्ने धारणा नेता कुँवरको छ ।

२०६२/०६३ को जनआन्दोलन देखि नै जिल्लामा कांग्रेसको संगठन बनाउन देखि नेता कार्यकर्ता संग अछामका दुबै क्षेत्रमा खटेर नेता कुँवरले संगठन निर्माण गर्न भुमिका निर्वाह गरेको नेता कार्यकर्ताको बुझाई छ ।

नेपाल किसान संघ अछामका अध्यक्ष समेत रहेका कुँवरले संकटकालमा समेत नेपाली कांग्रेस अछामको लागि खटेर काम गरेका थिए।