मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडकमा अान्दाेलनकाे नेतृत्व गर्ने अठाेटका साथ अनेरास्ववियुका नेता माझीले पार्टी परित्याग गरे

सडकमा अान्दाेलनकाे नेतृत्व गर्ने अठाेटका साथ अनेरास्ववियुका नेता माझीले पार्टी परित्याग गरे


माधब नेपाल नेतृत्वको नेकपा एकिकृत समाजबादी निकट अनेरास्ववियुका लोकप्रिय विद्यार्थी नेता बालकिशोर माझिले पार्टी परित्याग गरेको घोषणा गरेका छन ।

पार्टी मुल नेतृत्वले सडक र मिडियामा आएर एमसिसी राष्ट्रघाती भएको र यसलाई स्विकार्न नसकिने भन्दै जनबर्गिय संगठन र आम जनतालाई आस्वस्थ पारेको र संसदबाट एमसिसी अनुमोदन गरेको भन्दै आजका मितिबाट नेकपा एस र सो निकट विद्यार्थी संगठनको साधारण सदस्य समेत नरहने गरि पार्टी त्यागेको उनले बताए ।

नेता माझी नेपाल कमर्स क्याम्पस मीन भवनबाट सुरु गरेको विद्यार्थी राजनीतिको सुरुवाती यात्रा देखिनै विद्यार्थी माझी निकै लोकप्रिय हुन । अनेरास्ववियुको केन्द्रीय निर्वाचन आयोगको अध्यक्ष रहेका माझी नेकपा(समाजबादी) अछामको जिल्ला सदस्य समेत थिए ।

पार्टी मुल नेतृत्वले बेलाबेला आफुहरु र आम जनता माथी बिश्वास घात गर्दै आइरहेको र खबरदारीबाट नसच्चिएको मा दुख ब्यक्त गर्दै सडकमा एमसिसी बिरुद्व संघर्षरत कम्युनिस्ट मोर्चामा लामबद्व हुने कुराबारे सोच्न सकिने बताएका छन ।

साथै उनले जुनसुकै अबस्थामा भएपनी आफु राष्ट्रघाती एमसिसी, अमेरिकी साम्राज्यबाद, भारतिय बिस्तार, वैदेशिक थिचोमिचो र हस्तक्षेप बिरुद्वजिवन्त लड्न तयार रहेको बताएका छन । राष्ट्रियता, स्वाधिनतामाथी बर्तमान सत्ता गठबन्धनले घात गरेको र देशलाई पराधिन र २१ औ सताब्दिको नवौपनिबेश बनाएको भन्दै यसको भन्डाफोर गर्ने बताएका छन ।

बरिस्ठ नेता झलनाथ खनालले सदनबाट बाहिरिनु अघि एमसिसिको बिपक्षमा मत नराखेको, सडकमा कार्यकर्ता उफारेको र ब्याख्यात्मक टिप्पणिमा झुन्डिएको कारण सो पार्टी परित्याग गरि जिवन्त देश र जनताको पक्षमा भएको र राष्ट्रघाती एमसिसिको बिपक्षमा भएको दाबी समेत गरेका छन ।

नेता माझी सामाजिक कार्य र विद्यार्थी माझ लोकप्रिय छन । बिगतका दिनदेखि नै वात्सल्य नेपाल नामक संस्था मार्फत बाढि र अग्नि पिडित तथा गरिब बिपन्नको हकमा काम गर्दै आइरहेका छन ।