मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले चण्डीकाको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

एमाले चण्डीकाको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न


अछाम : नेकपा एमाले साँफेबगर नगरपालिका वडा नम्बर ८ चण्डीकाको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ।

कार्यबाहक वडा कमिटी अध्यक्ष असोक कुँवरको अध्यक्षताम भएको बैठकले वडा भित्र रहेका सबै टोलहरुमा टोल कमिटी गठन गर्ने, आउने स्थानीय तहको निर्वाचनका लागि पार्टीका गतिविधिहरु अघि बढउने निर्णय गरेको छ।

बैठकका प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सदस्य प्रकाश शाह रहनु भएको थियो। यस्तै बैठकमा जिल्ला कमिटी सदस्य बल बहादुर कुँवर, पुष्पराज भट्ट, केशर मिया, एमाले नेता हर्क बहादुर कुँवर, नगर कमिटी सदस्य हेमा कुँवर लगाएतको उपस्थिति रहेको थियो।

शम्भु कुँवरले स्वागत मन्तव्य राख्नु भएको बैठकको संचालन तपेन्द्र कुँवरले गर्नु भएको थियो।