मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दश लाख मानिसले युक्रेन छाडे : संयुक्त राष्ट्र सङ्घ

दश लाख मानिसले युक्रेन छाडे : संयुक्त राष्ट्र सङ्घ


रुस–युक्रेन युद्धका कारण दश लाख मानिसले युक्रेन छाडेका संयुक्त राष्ट्र सङ्घले जनाएको छ । उनीहरु युक्रेन छोडेर छिमेकी देशमा पुगेका छन् ।

गएको बिहीवार आक्रमण सुरु भएपछि सात दिनमा दश लाखले युक्रेन छाडेका र एक करोड २० लाख मानिस आन्तरिक रूपमा विस्थापित हुने जोखिम बढेको राष्ट्र सङ्घको विवरणमा उल्लेख छ । उनीहरूलाई थप सहायताको आवश्यकता पर्ने पनि राष्ट्र सङ्घले जनाएको छ ।

युक्रेनमाथि अतिक्रमण थालेपछि रुसी रक्षा मन्त्रालयले पहिलो पटक विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार पाँच सय सैनिक मारिएका छन् भने झण्डै १६ सय घाइते भएका छन् । रुस र युक्रेनका अधिकारीबीच दोस्रो चरणको शान्ति वार्ता बेलारुसको सीमा क्षेत्रमा हुने तय भएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले रुस र युक्रेनबीच युद्धविराम गराउने कुटनीतिक प्रयासलाई आफ्नो देशले समर्थन गर्ने बताउनुभएको बीबीसीले जनाएको छ । युक्रेनका मुख्य सहरमा आक्रमणका घटना भइरहेका छन् । आक्रमण सुरु भएको पाँचौँ दिन पहिलो चरणमा वार्ता भए पनि सहमति हुन सकेको थिएन । 

तस्बिर : द गार्जियन