मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली कांग्रेस अछामको सभापतीमा पुष्प शाह बिजयी, को हुन् शाह ?

नेपाली कांग्रेस अछामको सभापतीमा पुष्प शाह बिजयी, को हुन् शाह ?

कांग्रेस अछामलाई बलियो बनाई जिल्लामा सशक्त रुपमा अघी बढ्ने योजना छ : नवर्निवाचित सभापती शाह ।

सुदूर आज

कांग्रेस अछामलाई बलियो बनाई जिल्लामा सशक्त रुपमा अघी बढ्ने योजना छ : नवर्निवाचित सभापती शाह ।

अछाम : नेपाली कांग्रेस अछामको सभापतीमा नेता पुष्प बहादुर शाह बिजयी भएका छन् । पार्टीका निर्वतमान सभापती भरत कुमार स्वाँरलाई ६८ मतान्तरले पराजित गदै पूर्व पार्टी सभापती समेत रहेका नेता शाहीले बिजयी हासिल गरेका हुन् ।

शुक्रबार भएको जिल्ला अधिबेशनको पहिलो चरणको निर्वाचनमा प्रतिष्पर्धी कुनै पनि एकजनाले ५१ प्रतिशत प्राप्त गर्न नसक्दा आईतबार पुन दोश्रो चरणको निर्वाचन भएको थियो । पहिलो चरणमै सबैभन्दा बढी मत प्राप्त गरेका नेता शाहले दोश्रो चरणमा ७ सय ७९ मत प्राप्त गरे । उनका निकटम प्रतिद्धन्दी निर्वतमान सभापती भरत कुमार स्वाँरले ७ सय ११ मत प्राप्त गरे ।

जम्मा खसेको मतमा ९ म बदर भए । यसअघि शुक्रबार भएको पहिलो चरणको निर्वाचनमा शाहले ६ सय ९५, स्वाँरले ५ सय ५५ र युवा नेता राजन कुवँरले १ सय ५६ मत प्राप्त गरेका थिए । जसमा ९६ मत बदर भएको थियो ।

सभापतीमा निर्वाचित शाह र स्वाँर दुबै जना संस्थापन पक्षका हुन् भने कुवँर ईतर पक्षका हुन् ।

निर्वतमान सभापती भरत कुमार स्वाँरले नवर्निवाचित सभापती पुष्प बहादुर शाहलाई बधाई ज्ञापन दिदैँ भने आफु सहमती मै पहिलो चरणमै शाहलाई सर्मथन गर्ने भएपनि केही कारणले त्यसो हुन नसकेको बताए ।

आगामी दिनमा सहमती, सहकार्य र एकताका माध्यमा बाट अघि बढ्ने बताए । आफ्नो कार्यकालमा बाँकी रहेका काम गर्न नवनिर्वाचित सभापती शाहलाइृ आग्रह गरे । दुवै जनाले यो पार्टीको आन्तरिक र लोकतान्त्रिक अभ्यासलाइ अन्यथा नलिन आग्रह गर्दै आफुहरु पार्टीका लागि सधै एकठाउमा रहने प्रतिबद्ता जनाए।

नव निर्वाचित सभापती शाह को हुन् ?

२०३६ सालमा नेपाली कांग्रेसको भातृ संस्था नेपाल बिद्यार्थी संघबाट राजनिति यात्रा सुरु गरेका नेता पुष्प बहादुर शाह नेपाली कांग्रेस अछामका पूर्व सभापती तथा महासमिति सदस्य हुन् । नेपाल ल क्याम्पसमा पढ्दै गर्दा जनमत संग्रहमा समेत सक्रिय रहेका नेता शाहले कञ्चन्पुर जिल्लामा पनि नेबिसंघमा आवद्ध रहेर बहुदलका पक्षमा काम गरे ।

कानुनका बिद्यार्थी शाह आफ्नो पढाई सकेर काठमाण्डौँ बाट २०४० सालमा अछाम जिल्ला फर्के पछि राजनिति संगै आंशिक रुपमा कानुन व्यावसायीका रुपमा जिल्ला अदालत अछाममा समेत काम गरे । त्यसबेला शाह जिल्ला बार ईकाईको दुई कार्यकाल अध्यक्ष समेत बने ।

२०४६ सालको जनआन्दोलन देखि निरन्तर रुपमा जिल्लामै बसेर पार्टीमा सक्रिय भएर काम गरेका नेता शाह २०४९ सालमा जिल्ला कार्य समिती सदस्य पदमा निर्वाचित भएपछि पार्टीले उनलाई कोषाध्यक्षमा मनोनित गर्यो । उनले २०५३ मा महाधिबेशन प्रतिनिधी र २०५४ मा जिल्ला सचिव भएर काम गरे ।

त्यसयता निरन्तर रुपमा महाधिबेशन प्रतिनिधी र महासमिती सदस्यमा निर्वाचित हुदैँ आएका नेता शाह नेपाली कांग्रेसको १२ औँ महाधिबेशनबाट २०६७ सालमा कांग्रेस अछामको सभापतीमा निर्वाचित भए । १४ औँ जिल्ला महाधिबेशन अन्र्तगत ७ औँ जिल्ला अधिबेशनमा शाह पुन दोश्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भए ।

राजनितिमा रहदाँ शाहले गरेका काम ।

पहिलो पटक सभापती निर्वाचित भएपछि पार्टीको संगठन निर्माणको पक्षलाई पहिलो प्राथमिक्तामा राखेर उनले काम गरे । तत्कालिन समयमा स्थानिय निकाय नभएको बेला पार्टीको काम संगै जिल्लाका विकास निर्माणका काम देखि लिएर योजनाका काममा समेत सक्रिय रहेर शाहले काम गरे । पार्टी संगठन निर्माण र जिल्लाको विकासका लागि पार्टी सशक्त भएर जानुपर्छ भनेर केन्द्रित भएर उनले सबै तहका नेता कार्यकर्तालाई अग्रसर गराँए ।

अछाम जिल्लामा जरा गाडेर बसेका सामाजिक कुरिती, छाउपडी प्रथा, छुवाछुतका बिरुद्धमा समेत उनले नेतृत्वदायी भुमिका गरे । हामीले अछामलाई खुल्ला दिशा मुक्त जिल्ला बनाउन समेत सक्रिय भएर काम गर्र्यौँ उनले भने गाँउ गाँउमा गएर पार्टीले यस बिषयमा अहम भुमिका निर्वाह गर्यो । राजनितिक अस्थिरता, माओवादी द्धन्द्धले धकेलिएको स्थितमा काम गर्न अप्ठेरा हुदाँका बाबजुत पनि शाहले नेतृत्व गर्दै पार्टीका गतिविधीलाई सक्रिय बनाए । माओवादीका कारण गाँउ गाँउमा भयाभव स्थिती भएका बेला त्यसलाई चिर्न शाह सफल भए ।

वडा देखि पालिकाको अधिबेशनमा धेरै युवा साथिहरु आएका छन् । उनिहरुलाई हौसल्ला प्रदान गदै युवालाई हरेक क्षेत्र राजनिति, सामाजिक लगायतका क्षेत्रमा अघि बढाउन ल्याउन जरुरी छ त्यसका लागि आफु अगाढी बढाउन तत्पर रहेको उनले बताए ।

अब युवा बिना संगठन र नेतृत्वका कुरा हामी परिकल्पना सम्म पनि गर्न सक्दैनौँ सभापती शाहले भने युवालाई राजनिति संगै अन्य सामाजिक लगायतका क्षेत्रमा अघि बढाउन जरुरी छ, त्यसका लागि उनिहरुलाई नेतृत्व सम्म पुर्याउन मेरो पूर्ण सहयोग हुनेछ ।

आफ्नो योजना भनेको कांग्रेसलाई सबल र सक्षम बनाउन रहेको भन्दै नेता शाहले भने संगठनात्मक हिसाबले सशक्त रुपमा अघि बढाउदैँ सुदृढ, सबल र सक्षम कांग्रेस बनाउन जरुरी छ उनले भने आफ्नो नेतृत्वमा सबै वर्ग क्षेत्र, युवा, दलित, महिला, अल्पसंख्यक समेटिएको समाबेशी पार्टी बनाएर अघि बढ्ने प्रतिबद्धता जनाए ।

एक अर्को प्रसंगमा नेता शाहले भने राजनिति भनेको समाजसेवा नै हो । समाजसेवाका लागि नै म यहि पेशामा क्रियाशिल भएर लागेको छु । सबै साथिहरुलाई मिलाएर अघि बढ्न र पार्टीको संगठनलाई बलियो बनाई जिल्लमा सशक्त रुपमा अघी बढ्ने मेरो खाका छ उनले भने त्यसका लागि सबै साथीहरुले सहमती गरेर नेतृत्वको जिम्मेवारी दिए म जस्तो परिस्थिती आउँछ त्यसको सामना गर्न तत्पर रहनेछु ।