मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस अछाम : यि हुन् पदाधिकारीमा बिजयी उम्मेद्धार ।

कांग्रेस अछाम : यि हुन् पदाधिकारीमा बिजयी उम्मेद्धार ।


अछाम । नेपाली कांग्रेस अछामको पदाधिकारीको मतगणना सकिएको छ । सभापतिमा पुष्प बहादुर शाह बिजयी भए। उनले ७ सय ७९ मत प्राप्त गरे।

पहिलो चरणमा ३ जना उम्मेदार मध्ये कसैको ५१ प्रतिशत नपुगेपछि दोश्रो चरणमा भएको निर्बाचनमा उनले अर्का उम्मेदार भरत कुमार स्वारलाई ६८ मतान्तरले जित हासिल गरे। स्वारले ७ सय ११ मत प्राप्त गरेका थिए।

उपभासपती पदमा चन्द्र प्रसाद ढुंगानाले ६ सय ८८ र नयाँराम बजगाँईले ५ सय ३७ मत सहित जित हासिल गरे । उपसभापती पदमा टेक बहादुर साँउद, धन बहादुर शाह र ललित बहादुर कुवँर पनि प्रतिष्पर्धामा थिए ।

सचिवमा टक्कर बहादुर शाह ६ सय ५६ र प्रकाश बहादुर साँउद ४ सय ७८ मत सहित बिजयी भए । सचिवका लागि अनिल बहादुर बिष्ट, नरेन्द्र कुवँर, पुष्प बिष्ट र सुरत बुढथापा पनि प्रतिष्पर्धामा थिए ।

यस्तै सहसचिव २ जनामा गोविन्द बहादुर बिष्ट ६ सय ८२ र दिनेश कुमार स्वाँर ५ सय ८२ मत सहित बिजयी भएका छन् । सहसचिवमा खगेन्द्र खड्का, ललित साँउद र हिक्मत बहादुर धामी पनि प्रतिष्पर्धामा थिए ।

सभापति सहित ७ जना पदाधिकारी पदका लागि १९ जनाको उम्मेद्धारी परेको थियो । बाँकी जिल्ला कार्य समिती सदस्य र महासमिती सदस्य पदको मत गणना आज हुने निर्वाचन अधिकृत मातृका प्रसाद भण्डारीले बताए ।