मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस अछाम क्षेत्र नं. १ को महासमिती सदस्यको मत परिणाम सार्वजनिक

कांग्रेस अछाम क्षेत्र नं. १ को महासमिती सदस्यको मत परिणाम सार्वजनिक


सर्वाधिक ४ सय ७७ मत सहित प्रदेश महामन्त्री खड्का महासमिती सदस्य बिजयी सूचिको पहिलो नम्बरमा ।

अछाम । नेपाली कांग्रेस अछाम क्षेत्र नं. १ को महासमितीको मतपरिणाम सार्वजनिक भएको छ ।

खुल्ला ५ जनाको लागि ८ जना बिच भएको प्रतिष्पर्धामा सबैभन्दा बढी ४ सय ७७ मत ल्याएर पूर्व पार्टी सभापती एवंम सुदूरपश्चिम प्रदेश महामन्त्री मेघराज खड्का बिजयी भएका छन् । दोश्रोमा नेविसंघ अछामका अध्यक्ष समेत रहेका युवा नेता नृप साँउद ४ सय ४४ मत ल्याएर बिजयी भए ।

तेश्रोमा नेता टिकाराम खनालले ३ सय ९८ मत ल्याए भने निर्वतमान पार्टी सभापती भरत कुमार स्वाँरले ३ सय ९४ मत ल्याएर चौथो भए । युवा नेता नेबिसंघ अछामका पूर्व अध्यक्ष राजन कुवँर ३ सय ६७ मत सहित आफ्नो नाम ५ जना भित्र अटाउन सफल भए ।

यस्तै खुला महिला तर्फ भुवनेश्वरी शर्मा र अनुराधा स्वाँर बिजयी भएका छन् भने खस आर्य महिला तर्फ भगवती खनाल बिजयी भएका छन् । खस आर्य पुरुष तर्फ तर्फ जयन्द्र बहादुर स्वाँर र तपेन्द्र खड्का तथा दलित तर्फ अर्जुन ताम्राकार निरविरोध निर्वाचित भएका थिए ।

क्षेत्र नं. २ को भने आज साँझ सम्म परिणाम आउने आंकलन गरिएको छ ।