मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनाव केन्द्रित अभियानमा कांग्रेसले के-के गर्दैछ?

चुनाव केन्द्रित अभियानमा कांग्रेसले के-के गर्दैछ?


काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको तयारी थालेको छ। वैशाख ३० गते हुने निर्वाचनका लागि कांग्रेसले अभियान थाल्न लागेको हो। फानुन २९ देखि चैत १ गतेसम्म कांग्रेसले ‘घरघर जाउँ, कांग्रेस जिताऔं’ अभियान संचालन गर्न लागेको हो।

अभियानका क्रममा देशभरका ७७ वटै जिल्लामा कांग्रेसले केन्द्रीय प्रतिनिध खटाउने भएको छ। यस्तै एक महिने अभियानका लागि कांग्रेसले आठ वटा उद्देश्य समेत तय गरेको छ। जहाँ एमसीसी परियोजना माथि छरिएका भ्रम निवारण गर्ने योजना देखि कांग्रेस नेतृत्वले गरेका राम्रा कामको प्रचार समेत गरिने उल्लेख छ। 

मंगलबार काठमाडौंमा उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यहरुको छलफलमा बाँडिएको पत्रमा तत्कालीन नेकपा नेतृत्वको सरकारको तीन वर्षीय कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण बारेपनि जनतालाई जानकारी दिने उल्लेख छ। 

जिल्ला-जिल्लामा खटिने पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई सानेपा बोलाएर सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन समेत दिइसकेका छन्। 

यस्ता छन् अभियानमा संचालन गरिने कार्यक्रम

नेपाल समय
नेपाल समय
नेपाल समय
नेपाल समय