मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस अछामको पहिलो बैठकद्धारा अधिबेशन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन

कांग्रेस अछामको पहिलो बैठकद्धारा अधिबेशन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन


अछाम । नेपाली कांग्रेस जिल्ला कार्य समिति अछामको पहिलो बैठक बुधबार मंगलसनेमा सम्पन्न भएको छ । ७ औँ जिल्ला अधिबेशनबाट निर्वाचित समितिको पहिलो बैठक बिपी स्मृती भवन मंगलसेनमा सम्पन्न भएको हो ।

जिल्ला पार्टी सभापति पुष्प बहादुर शाहको सभापतित्वमा भएको बैठकले १४ औँ महाधिवेशन अन्र्तगत जिल्लाको ७ औँ जिल्ला अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको नवर्निवाचित जिल्ला समिती सदस्य जनकराज भण्डारीले जानकारी दिए ।

जिल्ला अधिबेश सम्पन्न गर्न सहयोग गर्ने पूर्व सभापति भरत कुमार स्वार, केन्द्रिय सदस्य गोविन्द बहादुर शाह, सुदूरपश्चिम प्रदेश महामन्त्री मेघराज खड्का, सह महामन्त्री अम्बिका चलाउने, प्रदेश सदस्यलाई धन्यवाद ज्ञापन गरेको छ ।

यस्तै जिल्ला निर्वाचन मुख्य अधिकृत हसिना प्रधान, सुरक्षाकर्मी, संचार जगत, पार्टीका भातृ संघसंगठन, पार्टीका सबै तहका कार्यसमिति, सुवेछुक संस्था, सरकारी तथा गैह्र सरकारी संस्था सबै स्थानिय तह र क्षेत्रका राष्ट्रसेवक कर्मचारी, मतदाता क्षेत्रीय प्रतिनिधि, होटल व्यावसायी लगायत लाई पार्टीको पहिलो बैठकले धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको हो ।

बैठकमा निवर्तमान पार्टी सभापति भरत कुमार स्वार, क्षेत्र नं. २ क्षेत्रीय सभापति पुष्प शर्मा लगायत निर्वाचित पदाधिकारी र सदस्यहरुको सहभागीता रहेको थियो । बैठकको संचालन पार्टी सचिव टक्कर बहादुर शाहले गरेका जिल्ला सदस्य जनकराज भण्डारीले जानकारी दिए ।