मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भैरब सिंह स्मृति प्रतिष्ठानद्धारा जिल्ला अस्पताल अछामलाई स्वास्थ्य सामाग्री सहयोग 

भैरब सिंह स्मृति प्रतिष्ठानद्धारा जिल्ला अस्पताल अछामलाई स्वास्थ्य सामाग्री सहयोग 


अछाम : भैरब सिंह स्मृति प्रतिष्ठान अछामले जिल्ला अस्पताल अछामलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । प्रतिष्ठानको सहकार्य मार्फत हिन्दु स्वयंम सेवक संघ नेपाल र सेवा ईन्टरनेशन नेपाल गौरीघाट काठमाडौं मार्फत प्राप्त स्वास्थ्य सामाग्री जिल्ला अस्पताललाई हस्तान्तरण गरिएका हुन ।

कोरोनाभाईरसको संक्रमण तथा जोखिम न्युनिकरणमा टेवा पुगोस भन्ने उद्देश्यले प्राप्त सामाग्री जिल्ला अस्पताल अछामका निमित्त कार्यालय प्रमुख डाक्टर अतुल भारद्धाजलाई हस्तान्तरण गरिएको थियो । भैरब सिंह स्मृति प्रतिष्ठान अछाममा संरक्षक, सल्लाहकार संयोजक तथा नेपाली काग्रेसका पुर्व महासमिति सदस्य मान बहादुर रावल नेतृत्वमा गएको टोलिले डाक्टर भारद्धाज मार्फत अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर ५ थान, पल्स अक्सीमिटर १० थान, फेस मास्क १५ सय थान र फेस सिल्ड ५ सय थान हस्तान्तरण गरिएको प्रतिष्ठानका सचिव गणेश बहादुर रावलले जानकारी दिए ।

सामाग्री हस्तान्तरण पछि बोल्दै संरक्षक रावलले हरेक सामाजिक अभियानमा आफ्नो प्रतिष्ठान सहयोग रहने बताए । सामाग्री ग्रहण गर्दै जिल्ला अस्पताल अछामका डाक्टर भारद्धाजले हरेक क्षेत्रबाट सेवाका हातहरु अघि बढदै गएकाले प्राप्त स्वास्थ्य सामाग्रीले निकै सहयोग पुग्ने बताए ।

सामाग्री हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख टोप बहादुर रावल, नेपाली काग्रेसका नवनिर्वाचित उपसभापति चन्द्र प्रसाद ढुगांना, सचिव प्रकाश साउद, वडा नम्बर ९ का अध्यक्ष झपट बहादुर रावल, १० का अध्यक्ष नेत्र बहादुर रावल, नेपाल तरुण दलका कार्यवाहक अध्यक्ष रमेश बिष्ट (जंगिजनार्दन), नेवि संघ सहसचिव पुष्प भण्डारीको सहभागीता रहेको थियो ।