मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२५ चैतदेखि देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

२५ चैतदेखि देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै


काठमाडौं- सरकारले यही चैत २५ गतेदेखि बैसाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइडबिरुद्धको खोप लगाउने भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा संगिता कौशल मिश्राले  १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने जानकारी दिइन्।

१५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकाले टाइफाइडविरुद्धको खोप पाउनेछन्। सरकारले यसपटक ९५ प्रतिशत बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ।