अछाम । जिल्लाको बयालपाटा अस्पतालमा सघन उपचार कक्ष स्थापना गरिएको छ ।
२ बेडको सघन उपचार कक्ष स्थापना गरिएको बयालपाटा अस्पतालले जनाएको छ । चौबिसै घण्टा स्वास्थ्यर्मी रहने गरी सघन कक्षको स्थापना गरिएको अस्पतालका मेडिकल निर्देशक डाक्टर मन्दिप पाठकले बताए ।
बिरामी अन्तिम अवस्थाको पुगेको बेला उसको उपचार गरेर ज्यान जोगाउन मद्दत पुग्ने हिसाले उक्त कक्षको स्थापना गरिएको उनले बताए ।
यो क्षेत्रमा यस्तो खालको कक्ष हाल सम्म नभएकाले अहिले २ बेड संचालनमा ल्याईएको र पछि ६ बेडको बनाईने पनि उनले बताए ।
![](https://i0.wp.com/sudooraaja.com/wp-content/uploads/2022/03/DSC08214.jpg?resize=720%2C405&ssl=1)
![](https://i0.wp.com/sudooraaja.com/wp-content/uploads/2022/03/DSC08203.jpg?resize=720%2C405&ssl=1)
प्रतिक्रिया