मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले ढकारीले ८ वटै वडामा चुनाव लक्षित कार्यक्रम गर्ने

एमाले ढकारीले ८ वटै वडामा चुनाव लक्षित कार्यक्रम गर्ने


पार्टीलाई पहिलो बनाउन सबै नेता कार्यकर्ता एकजुट हुन ईन्चार्ज शाहीको आग्रह

अछाम : नेकपा एमाले ढकारी गाउँ संगठन कमिटिले पालिकाका ८ वटै वडामा चुनाव लक्षित कार्यक्रम गर्ने लगायत निर्णय गरेको छ । आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्येनजर गर्दै पालिकाका ८ वटै वडामा चुनाव लक्षित कार्यक्रम गर्ने निर्णय गरिएको हो ।

एमाले ढकारी गाँ संगठन कमिटि अध्यक्ष अम्मरसिंह बुढाको अध्यक्षतामा बसेको पालिका स्तरीय बैठकले बैशाख ९ गते वडा नम्बर ८ मा कार्यक्रमको शुरुवात गर्ने निर्णय गरेको हो । वडा नम्बर ६ मा चैत्र १० गते, वडा नम्बर ७ मा १२ गते, वडा नम्बर ५ मा १३ र १४ गते, चुनाव लक्षित कार्यक्रम गर्ने निर्णय गरिएको गाउँ कमिटि सचिव नहकुल साउँदले जानकारी दिए ।

यसैगरी वडा नम्बर ४ मा चैत्र १५ र १६ गते, वडा नम्बर ३ मा १८ गते, वडा नम्बर २ मा १९ गते तथा गाउँपालिकाको केन्द्र वडा नम्बर १ ढकारीमा चैत्र २० गते कार्यक्रम गरिने निर्णय गरिएको छ । बैठकले पालिकाका विभिन्न टोलमा टोलकमिटि समेत गठन गर्ने निर्णय गरेको छ ।

नेकपा एमाले ढकारी गाउँकमिटि ईन्चार्ज टोप बहादुर शाही प्रमुख अतिथि रहेका बैठकले पालिकाबाट प्रतिनिधित्व गर्दै संगठन तथा पार्टीको जिम्मेवारी प्राप्त गर्नुभएका विभिन्न व्यक्तिहरुलाई बधाई ज्ञापन गरेको छ ।

जस अनुसार नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा निर्वाचित सर्पराज रिमाल, एमाले जिल्ला कमिटि सदस्य गोपालसिंह बुढा, मायादेवि बुढा, प्रेस चौतारीका केन्द्रीय अनुशासन आयोग सदस्य कृष्ण बहादुर बुढा, शिक्षक संगठनका जिल्ला सदस्य भीम बहादुर बोहरा र अनेरास्ववियू जिल्ला सदस्य खेमराज बुढालाई बधाइ ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गरेको छ ।

बैठकले आगामी निर्वाचनलाई लक्षित गरी ढकारी गाउँपालिकाको पार्टीको तर्फबाट बिज्ञ समूहबाट घोषणा पत्र तयार गर्ने निर्णय समेत गरेको छ । यस्तै श्याम नेपाली अध्यक्ष रहने गरी राष्ट्रिय युवा संघ नेपालको पालिका स्तरीय कमिटि गठन गरेको छ ।

जसको उपाध्यक्षमा गोविन्द बुढथापा, सचिवमा टेकबहादुर बुढा, सहसचिव रुपानन्द जैसी लगायतका सदस्य रहेका छन् । बैठकले प्रेस चौतारी नेपालका अनुशासन आयोग सदस्य कृष्ण बहादुर बुढाकी ममतामयी आमा अमृता बुढाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

प्रमुख अतिथि पालिका ईन्चार्ज शाहीले पार्टीलाई पालिकामा पहिलो बनाउन सबै नेता कार्यकर्ता एकजुट भएर अघि बढ्न आग्रह गरे । पालिकामा बेतिथि र विसंगती बढेको भन्दै आगामी निर्वाचनमार्फत पार्टीलाई बिजयी बनाएर जनतामैत्री काम गर्नुपर्ने बताए ।

बैठकमा ढकारी गाउँपालिका सहईन्चार्ज नेत्र बहादुर शाही, लक्षिराम भण्डारी, जिल्ला कमिटि सदस्य जनक साउँद, देबेन्द्र खड्का, हेमा शाही, मायादेवि बुढा, गोपालसिंह बुढा, जिल्ला कमिटि पूर्व सदस्य धर्म बहादुर शाही, महादेव बुढा, राम बहादुर बुढा, युवा संघका श्याम नेपाली लगायतको सहभागिता रहेको थियो ।

गाउँ कमिटि उपाध्यक्ष भवानी प्रसाद उपाध्यायले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव नहकुल साउँदले गर्नुभएको प्रेस चौतारीका अनुशासन आयोग सदस्य कृष्ण बढादुर बुढाले जानकारी दिए ।