मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काँग्रेस जिताऊ अभियानमा पञ्चदेवल नगरकार्य समिति सकृय

काँग्रेस जिताऊ अभियानमा पञ्चदेवल नगरकार्य समिति सकृय


अछाम नेपाली काँग्रेस पञ्चदेवल नगरकार्य समितिले `घर घर जाअाैँ काँग्रेस जिताअाैँ अभियानलाई तिब्रता दिएको छ । जस अन्तर्गत नगरका ९ वटै वडामा वडा कार्य समितिका सभापतिहरूको संयाेजकत्वमा नेता तथा कार्यकर्ताहरु घर घरमा पुगिरहेका छन ।

अासन्न स्थानीय तहको निर्वाचन लाई लक्षित गरि अाम नागरिकका समस्या पहिचान गरि समाधानको प्रयासका लागि नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले एक महिने अभियान सञ्चालन गरेकाे हाे । केन्द्रीय कार्यसमितिको निर्णय अनुसार पञ्चदेवल नगरपालिकामा पनि काँग्रेसका सबै नेता तथा कार्यकर्ताहरु जनताको घरघरमा पुगिरहेकाे नगरकार्य समिति सचिव प्रजापति जैसीले जानकारी दिए ।

शनिवार बाट वडा नम्बर ५ लयाँटी वडा कार्य समितिका सभापति राम बहादुर बुढाको संयोजकत्वमा नेपाली काँग्रेस पुर्व जिल्ला कार्य समिति सचिव वीर बहादुर शाही, नेपाली काँग्रेस प्रदेश प्रतिनिधि तथा वडा नम्बर ५ लयाँटीका वडा अध्यक्ष कुल बहादुर बुढा, तत्कालीन लयाँटी गाविसका अध्यक्ष बल बहादुर शाही,नेपाल प्रेस युनियन अछामका सहसचिव दिनेश केशी लगायत नेता कार्यकर्ताहरु तत्कालीन लयाँटी गाविसका सम्पुर्ण वडाहरुमा घर-घर पुगि काँग्रेस जिताअाैँ अभियानमा जुटिरहेका छन ।