मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगरको मेयरका लागि एमालेबाट आधा दर्जन आकांक्षी, ३ जनाको सम्भावना बलियो

साँफेबगरको मेयरका लागि एमालेबाट आधा दर्जन आकांक्षी, ३ जनाको सम्भावना बलियो


अछाम । सरकारले आसन्न स्थानिय तहको निर्वाचनको लागी घोषणा गरेको मिती नजिकिदैँ गएको छ । तोकिएकै समय ७९ बैशाख ३० गते नै निर्वाचन हुने हो भने चुनाव हुन अब ४५ दिन मात्रै बाँकी छ ।

चुनावको मिति नजिकिए संगै देशभर स्थानिय तहको चुनावी माहौल तात्दै गएको छ । अछाम जिल्लामा पनि दलहरुले चुनाव केन्द्रित कार्यक्रमहरुलाई तिव्रता दिएका छन् । जिल्लाको साँफेबगर नगरपालिकामा मेयरमा कुन पार्टीले नेतृत्व लिन्छ भन्ने मुख्य चाँसोको रुपमा हेरिएको छ ।

बिभिन्न दलका नेताहरुले आकांक्षी खुल्न थालेका छन् । मुख्य प्रतिष्पर्धीका रुपमा नेपाली कांग्रेस र नेकपा एमाले देखिएका छन् । अछामले भरखरै ९ औँ जिल्ला अधिबेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेसंगै जिल्लामा चुनावी कार्यक्रमलाई तिव्रता दिएको छ ।

एमालेको तर्फबाट पनि अछाम जिल्लाको मुख्य व्यापारिक केन्द्र रहेको साँफेबगरमा कसले टिकट पाउने भन्ने चर्चा हुन थालेको छ । साँफेबगर नगरपालिकाको नेतृत्वको लागि नेपाली कांग्रेसमा आधा दर्जनको नाम चर्चामा छ ।

साँफेबगर नगरपालिकाकाको मेयरका लागि जिल्ला कमिटी सचिवालय सदस्य तथा संगठन बिभाग प्रमुख प्रकाश शाह, नेता मिन बहादुर कुवँर, देव बहादुर कुवँर, महिला अधिकारकर्मी तथा नेता पशुपती कुवँर, युवा नेता सागर बाब्ली, बालगिरी कुवँर र रमेश कुवँरको नाम चर्चामा छ । यसबाहेक अन्य केही नेताहरूले भित्री रुपमा आकांक्षा राखेको भएपनि बाहिरी रुपमा खुलेका छैनन् ।

प्रकाश शाह ।

२०४७ साल देखि नेकपा एमाले निकट बिद्यार्थी राजनिति सुरु गरेको नेता प्रकाश शाहले पार्टीका बिभिन्न कमिटीमा बसेर २६६ साल देखि जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य भएर काम गरेका छन् । बिद्यार्थी र युवा फाँट सम्हालेर काम गरेका नेता शाहले पार्टीका लागि सक्रिय भएर काम गरेका छन् । ९ औँ जिल्ला अधिबेशनमा अध्यक्षका उम्मेद्धार बनेका शाह एमालेबाट क्षेत्र नं. १ को बयिलो नेताका रुपमा चिन्छिन् । अहिलेसम्म जनप्रतिनिधी नभएका शाहले यसपटक साँफेबगर नगरपालिकाको टिकट पाउने सम्भावना देखिन्छ ।

मिन बहादुर कुवँर ।

२०४३ सालमा कलिलै उमेरमा बुढाकोट गाविसको प्रधानपञ्च भएर काम गरेका नेता हुन मिन बहादुर कुवँर । २०४७ साल देखि नेकपा एमालेमा आबद्ध भएर कम गरेका नेता कुवँरसंग २०५४ सालमा क्षेत्रपाल भएर काम गरेको अनुभव छ । ५१ साल देखि एमालेको जिल्ला कमिटी सदस्य हुदैँ हाल प्रदेश कमिटी सदस्य कुवँरको यसपटक साँफेबगरको मेयरमा लागि बलियो सम्भावना देखिएको छ । यसअघिको निर्वाचनमा समेत आकांक्षी रहेका नेत कुवँर यसपटक भने पछि नहट्ने दाउमा छन् ।

देव बहादुर कुवँर ।

पञ्च्यात काल देखि राजनितिमा सक्रिय नेता देब बहादुर कुवँरले स्थायी शिक्षकबाट राजिनामा दिएर नेकपा एमालेको राजनितिमा होमिएका हुन् । २०४६ साल देखि नेकपा एमालेको राजनितिमा सक्रिय कुवँर २०५४ मा तत्कालिन जिल्ला विकास समिती सदस्य भएका थिए । सामाजिक क्षेत्रमा समेत क्रियाशिल नेता कुवँर फेकोफनको जिल्ला अध्यक्ष हुदैँ केन्द्रिय सदस्य समेत भएका थिए । एमालेको जिल्ला कमिटी सदस्य हुदैँ हाल प्रदेश कमिटी सदस्य कुवँरको पनि मेयरमा मुख्य दाबी रहने कार्यकर्ताको बुझाई छ ।

पशुपती कुवँर ।

महिला अधिकारकर्मीका रुपमा परिचित नाम हो पशुपती कुवँर । अधिकारकर्मी संगै एमालेको बिद्यार्थी राजनिति देखि नै सक्रिय युवा नेता कुवँर एमाले अछामको जिल्ला सचिवालय सदस्य एवंम गैसस विभाग प्रमुख रहेकी छन् । पार्टीले मेयरको टिकट दिए समाजसेवामा समेत सक्रिय रहेका कारण युवा वर्ग, शिक्षित वर्ग र समाजसेवीको साथ उनले पाउने सम्भावना छ ।

बालगिरी कुवँर ।

नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा विकास तथा भौतिक संरचना विभाग प्रमुख नेता बालगिरी कुवँर साँफेबगर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष समेत भएर राम्रो काम गरेका कारण उनलाई पनि दाबेदारको रुपमा हेरिएको छ । २०६६ देखि पार्टीको क्षेत्रिय अध्यक्ष भएर काम गरेका कारण उनको सम्भावना पनि देखिएको नेता कार्यकर्ताको बुझाई छ ।

सागर बाब्ली ।

नेकपा एमालेमा सक्रिय तथा दलित अगुवा नेताका रुपमा परिचित नेता हुन् सागर बाब्ली । ९ औँ जिल्ला अधिबेशनमा जिल्ला कमिटी सचिवालय सदस्य भएका उनले आफुलाई पनि यसपटक मेयरका रपमा अघि सार्ने आंकलन गरिएको छ ।

रमेश कुवँर ।

नेकपा एमालेको तर्फबाट साँफेबगरका लागि अर्का आकाक्षी हुन रमेश कुवँर । २०६२ साल देखि नै पार्टीमा सक्रिय भएर लागेका नेता कुवँर हाल साँफेबगर नगरपालिका ईन्र्चाजका रुपमा काम गरिहरका कारण उनको पनि सम्भावना रहेको छ । यद्यपी अन्तिममा कसले टिकट पाउने यसै भन्न सकिन्न् ।