मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चार तहमा निर्वाचन परिचालन समिति बनाउने कांग्रेसको तयारी

चार तहमा निर्वाचन परिचालन समिति बनाउने कांग्रेसको तयारी


काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले चार तहमा निर्वाचन परिचालन समिति बनाउने तयारी गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको बुधबार बसेको बैठकमा चार तहमा निर्वाचन परिचालन समिति बनाउने विषयमा छलफल भएको हो । 

पार्टी मुख्य कार्यालय सानेपामा सातै प्रदेशका सभापतिहरूसँग बसेको समितिको बैठकमा निर्वाचन परिचालन समिति तल्ला तहमा पनि बनाउनुपर्ने प्रदेश सभापतिहरूले सुझाव दिएका छन् । 

लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनकाअनुसार संसदीय समिति भएको संरचनामा निर्वाचन परिचालन समिति बनाउन प्रदेश सभापतिहरूले समिति संयोजक तथा पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई सुझाव दिएका छन् । प्रदेश सभापतिहरूले १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ७७ जिल्ला तह, ७ प्रदेशमा पनि परिचालन समिति बनाउनुपर्ने सुझाव दिएका छन् ।

“हामीले संसदीय समिति भएका तहमा परिचालन समिति बनाउनुपर्ने भनेका छौँ । समितिले त्यसै गर्छ होला,” उनले भने । 

सभापति पुनकाअनुसार बैठकमा चुनावी गठबन्धनका लागि वडा तहसम्म मतभारको अध्ययन गर्नेबारे पनि छलफल भएको छ ।