मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुर्माखाद गाउपालिकाको अध्यक्षका लागि एमाले बाट युवा नेता बिसिको नाम सिफारिस

तुर्माखाद गाउपालिकाको अध्यक्षका लागि एमाले बाट युवा नेता बिसिको नाम सिफारिस

सुदूर आज

नेकपा एमालेको तुर्माखाद गाउपालिकाको अध्यक्षका लागि युवा नेता डम्बर बिसिको नाम सिफारिस गरिएको छ । गाउपालिका कमिटीको बैठकमा अध्यक्ष पदमा आकांक्षा व्यक्त गरेका उनको नाम जिल्ला कमिटीले प्रदेश कमिटीमा पठाउने निर्णय गरेको हो । विद्यार्थी जिबनबाट आफ्नो राजनीति यात्रा सुरु गरेका बिसि अनेरास्ववियु जिल्ला कमिटी अछामको सचीव , अध्यक्ष , केन्द्रिय सदस्य हुँदै हाल केन्द्रिय स्थायी कमिटी सदस्य तथा सुदुर पश्चिम प्रदेश सह इन्चार्ज हुनुहुन्छ भने पार्टीको तत्कालीन ईलाका नम्बर १३ ( तुर्माखाद ) गापा ) कमिटीको अध्यक्ष , जिल्ला कमिटी सदस्य हुँदै हाल नेकपा एमालेको जिल्ला कमिटी उपसचिव तथा पार्टी स्कुल बिभागको प्रमुख हुनुहुन्छ । सामाजिक क्षेत्रमा बसुन्धरा माबी भैरबस्थानको दोस्रो कार्यकाल पनि बिब्यस अध्यक्ष हुनुहुन्छ भने जिल्ला बचत तथा ऋण सहकारी संघ अछामको महासचिव हुनुहुन्छ । उनले मध्यपश्चिम बिश्वबिद्धालय सुर्खेत बाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनैतिक बिषयमा स्नातकोत्तर उतिर्ण गरेका छन् । हाल सम्म कुनै पनि लाभको पद नलियका युवा नेता बिसि हाल सम्म स्वच्छ छबि बनाउनुका साथै राजनीति बैचारिक रुपमा बलिया मानिन्छन् भने युवा विद्यार्थीका बिछ लोकप्रिय मानिन्छन् । उहाँ संगै नेता बम बहादुर बिसि र नेतृ गौमती शाहीको पनि अध्यक्षमा सिफारिस गरियकोछ र उपाध्यक्षमा बिमला शाही , निर्मला धमला न्यौपाने र शिद्दादेबी शाहिको नाम सिफारिस गरियकोछ ।