मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७३ वर्ष पूरा

नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७३ वर्ष पूरा


काठमाण्डाै – नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७३ वर्ष पूरा भएको छ । ७३ वर्षअघि आजकै दिन २००६ सालमा भारतको काेलकातामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । 

नेकपा स्थापना गर्दा संस्थापक सदस्यमा मोतीदेवी श्रेष्ठ, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशीलगायतका नेताहरू थिए । महासचिवमा पुष्पलाल श्रेष्ठ हुनुहुन्थ्यो ।

२०१५ सालमा भएको पहिलो आम चुनावमा कम्युनिस्ट पार्टीले चार सिट जितेको थियो । त्यसक्रममा केशरजंग रायमाझीले पञ्चायती व्यवस्थाको समर्थन गरेलगत्तै कम्युनिस्ट पार्टी औपचारिक विभाजन भएको थियो । नेपालका कम्युनिस्ट पार्टीहरू धेरैपटक फुट र जुटको शृङ्खलामा सामेल भएका छन् । 

पछिल्लाे पटक २०७४ सालको चुनावमा गठबन्धन बनाएर चुनावमा गएका एमाले र माओवादी केन्द्र २०७५ सालको जेठ ३ गते एउटै पार्टी बनाउन सफल भए पनि फेरि अलग पार्टी बनेको छ । एमालेमा पनि विभाजन भएको छ । आपसमा विभाजन भएका कम्युनिस्ट पार्टीहरू यसपालि कोही कांग्रेससँग र कोही अर्को पार्टीसँग तालमेल गरेर चुनावी अभियानमा जुटेका छन् ।

यसैबीच कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर एमालेले आज यही वैशाख ३० गते हुने पालिका चुनावलाई केन्द्रित गरेर घोषणापत्र सार्वजनिक गर्दैछ ।