मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले नेता भण्डारीले दिए लम्किचुहा नगरपालिकाको नगर प्रमुख पदमा स्वतन्त्र उम्मेद्वारी

एमाले नेता भण्डारीले दिए लम्किचुहा नगरपालिकाको नगर प्रमुख पदमा स्वतन्त्र उम्मेद्वारी


लामो समय नेकपा एमालेमा राजनीति गरेका कैलालीका युवा समजसेवी एवम् नेकपा एमालेका युवा नेता नेत्र प्रसाद भण्डारीले कैलालीको लम्किचुहा नगरपालिकाको नगरप्रमुख पदमा स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ ।

नेकपा एमालेबाट नगरप्रमुखको टिकट नपाएपछि भण्डारीले स्वतन्त्र उम्मेद्वारी दिनु भएको हो । उहाँले हिजो लम्की चुहा नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कर्यालयमा गएर उम्मेद्वारी दर्ता गर्नुभएको छ ।

पार्टिबाट आफू नै लम्किचुहा नगरपालिकाको निर्बिकल्प र निश्चित रुपमा जित्न सक्ने उम्मेद्वार भएको दाबि गर्दै भण्डारीले पर्टिले आफुलाई बेवास्ता गरेका कारण आफुले स्वतन्त्र उम्मेद्वारी दिएको बताउनुभयो ।

पर्टिमा झन्डै २७/२८ बर्ष रातदिन नभनी खटिएर काम गर्दा समेत अहिले आएर पार्टिको नेतृत्व तहबाट आफुमाथी ठोलो अन्या भएको उहाँको भनाई छ ।

एमाले निकट युवा संघ नेपालको यस अघि तीन पटक सम्म केन्द्रिय सदस्य भैसक्नु भएका भण्डारी कैलालीमा सामाजिक सेवामा लागेर निकै चर्चा कमायका नेता हुन् ।