मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा दुई महिला मेयरका उम्मेद्वार 

अछाममा दुई महिला मेयरका उम्मेद्वार 


शिवराज ढुङ्गाना अछाम । स्थानीय तहको निर्वाचन–२०७९ मा अछाममा दुई महिला नगरपालिकाको प्रमुखमा उम्मेद्वारी दर्ता गराउने भएका छन् । नेकपा (एमाले) बाट साँफेबगर नगरपालिकाको प्रमुखमा पशुपति कुँवर र नेपाली काँग्रेसबाट पञ्चदेवल विनायक नगरपालिकामा अम्बिका चलाउने उम्मेद्वार बन्ने भएका हुन्।

चलाउने पञ्चदेवल विनायक नगरपालिकामा हाल उपप्रमुख र नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश सहमहामन्त्री हुनुहुन्छ । कुँवर नेकपा (एमाले) जिल्ला सदस्यमा क्रियाशील छन् । दुई पार्टीले स्थानीय तहको निर्वाचनमा उम्मेद्वारीको नामावली सार्वजनिक गरेसँगै दुई महिला मेयरमा उम्मेद्वारी चर्चा चल्न थालेको छ । 

यस्तै नेकपा (एमाले) अछामले चौरपाटी गाउँपालिकामा दलिततर्फबाट प्रतिनिधित्व हुने गरेर उम्मेद्वारी दर्ता गरिने एमाले अछामका अध्यक्ष चन्द्रबहादुर बोहराले जानकारी दिए । चौरपाटी गाउँपालिकामा एमाले जिल्ला सदस्य रामबहादुर आउजी अध्यक्षमा चुनाव लड्ने बताइएको छ । अन्य स्थानीय तहमा अधिकांशमा महिला उपप्रमुख/उपाध्यक्षमा चुनाव लडाउने राजनीतिक दलको तयारी छ ।