मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माबिको प्रधानाध्यापक छोडेर वडाध्यक्षमा उम्मेदवारी

माबिको प्रधानाध्यापक छोडेर वडाध्यक्षमा उम्मेदवारी


करिब तिन दशक लामो शिक्षण पेसा छोडेर खुला राजनीतिमा होमिए शाह”

बिष्णु प्रसाद भण्डारी, अछाम

अछाम जिल्लाको कमलबजार नगरपालिका वाडा नं. ६ विरपथमा रहेको कात्यायनी माध्यामिक विद्यालयका प्रधानध्यापक लाल बहादर शाहले शिक्षक पदबाट राजिनामा दिएर वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

स्थानिय निर्वाचन-२०७९ मा कमलबजार नगरपालिका-६ को वडाध्यक्षको लागि उनले प्रधानध्यापकबाट राजिनामा दिएर मंगलबार आफ्नो उम्मेदवारी दर्ता गराए । वडाध्यक्षमा उम्मेद्वारी दिएसंगै करिब तिन दशक लामो शिक्षण पेसा छोडेर शाह खुला राजनीतिमा होमिएका छन् ।

उहाँले नेकपा एमालेबाट वडाध्यक्षमा उम्मेदवारी दर्ता गराए संगैँ स्थानीय राजनीतिमा तरङ्गित बनेको छ । बिगतमा कांग्रेसको गढको रुपमा परिचत स्थानमा बौद्धिक तथा समाजसेवी पहिचान बनाएका शाहको उम्ममेदवारी संगैँ स्थानीय राजनीतिमा एक खालको हलचल पैदा भएको छ ।

यसबाट बिगतमा एक कार्यकाल वडाध्यक्ष जितेर सत्ता चलाईसकेको कांग्रेसलाई यो पटकको निर्वाचन जित्न ठुलै सकस पर्ने देखिएको छ । करिब ३० बर्ष लामो शैक्षिक तथा सामाजिक क्षेत्रको अनुभव संगालेर नै वडाध्यक्षमा आफुले उम्मेदवारी दिएको शाहले बताए ।

उनले लामो समय आफुले शैक्षिक क्षेत्रमा रहेर सेवा गरेकोले आगामी दिनमा पनि विरपथका जनता संग प्रत्यक्ष जोडिएर समाज सेवा गर्नको लागी जनचाहाना अनुसार आफुले उम्मेदवारी दिएको बताए ।

उहाँ गत बर्ष मात्र नेपाली कंग्रेस निमट नेपाल शिक्षक संघ छोडेर नेकपा एमाले निकट शिक्षक संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनमा प्रबेश गरेका थिए । उनले वडाध्यक्ष लड्नका लागि शिक्षक पदबाट भने केही दिन पहिले मात्र राजिनामा दिएका हुन् ।