मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस नेता शाहीद्वारा वडाध्यक्षमा स्वतन्त्र उम्मेद्बारी दर्ता

कांग्रेस नेता शाहीद्वारा वडाध्यक्षमा स्वतन्त्र उम्मेद्बारी दर्ता


बिश्णु प्रसाद भण्डारी, अछाम ।

कांग्रेस नेता धिरेन्द्र शाहीले कमलबजार नगरपालिका वाडा नं. ६ बिरपथको वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।

कांग्रेसमा वडाध्यक्ष पदका आकाँक्षी रहेका शाहले पार्टिबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेद्वारी दिएका हुन । उनले हिजो निर्बाचन अधिकृतको कार्यालय कमलबजारमा उम्मेद्वारी दर्ता गराएको बिरपथबाट गणेश शाहीले जानकारी दिए।

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि शाहले अध्यक्ष संगै आफ्नो प्यानलसहितको अरु सदस्य पदमा पनि उम्मेद्बारी दर्ता गराएका छन् ।

उनको प्यानलमा खुला सदस्य रबिन्द्र बहादुर शाही, दलित महिला सदस्य तारा देवी कामी, जुना कामी लगायत रहेको बताईको छ ।

मनोनयन दर्ता पछि अध्यक्षका उम्मेद्वार शाहले आफ्नो समुहले जित्ने दाबी गरेका छन्। शाह नेपाली कांग्रेस अछामका पुर्व जिल्ला कार्यसमिति सदस्य हुन् ।