मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महासमिति सदस्य बिक सहित ८ जना नेता कार्यकर्ताले गरे कांग्रेस पार्टी परित्याग

महासमिति सदस्य बिक सहित ८ जना नेता कार्यकर्ताले गरे कांग्रेस पार्टी परित्याग


अछाम : आसन्न बैशाख ३० गते हुने स्थानीय निर्वाचनमाका लागि कमलबजार नगरपालिका वडा नं १ मुलिमा पार्टीले टिकट वितरण गर्दा मनोमानी ढंगले वितरण गरेको भन्दै कांग्रेस नेता कार्यकर्ताले राजिनामा दिएका छन्।

कांग्रेस महासमिति सदस्य कमल बहादुर बिक लगायत ८ जना नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन । एक प्रेस बिज्ञप्ती जारी गर्दै नेपाली कांग्रेsaको संगठनका विभिन्न तहमा आवद्व नेता हरुले पार्टी परित्यागको घोषणा गरेका हुन ।

पार्टी परित्याग गर्नेमा क्षेत्रीय सदस्य गोविन्द बहादुर विष्ट , पुर्व जिल्ला कार्य समिति सदस्य तप्त बहादुर बिष्ट ,पुर्व नगर सभापति सर्प बहादुर विष्ट , पर्व नगर कोषाध्यक्ष भक्त बहादुर बोहरा त्यसै गरि वडा कार्य समिति सचिब नैन बहादुर भण्डारी , पुर्व वडा कार्य समिति बम बहादुर बिष्ट र वडा कार्यसमिति रतन बहादुर विक लगायत रहेका छन ।

पार्टीको जिल्ला कार्य समिति र क्षेत्रीय कार्य समितिको संसदीय समितिले टिकट वितरण गर्दा आम कार्यकर्ताको मर्म मनोभावना विपरीत मनोमानी ढंगले निर्णय गरेकोले आजैकै मिति बाट पार्टी परित्याग गरेको हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाली कांग्रेसले कमलबजार नगरपालिका वडा नं १ मा २०७४ को स्थानीय निर्वाचनमा विजयी तेज बहादुर विष्ट लाई नै पुर्न दोहोर्याउने निर्णय गरेको छ ।