मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्लाको सदरमुकाम रहेको मंगलसेन नगरपालिका : कसले मार्ला बाजी, यस्तो छ आँकलन

जिल्लाको सदरमुकाम रहेको मंगलसेन नगरपालिका : कसले मार्ला बाजी, यस्तो छ आँकलन


अछाम । स्थानिय तहको निर्वाचन २०७९ मा अछाममा जिल्ला सदरमुकाम रहेको मंगलसेन नगरपालिकालाई मुख्य चाँसोको रुपमा हेरिएको छ ।

यसपटकको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एकिकृत समाजवादी बिच गठबन्धन भएर चुनावी प्रतिष्पर्धामा गएका छन् भने नेकपा एमाले एक्लै चुनावी प्रतिष्पर्धामा उत्रिएको छ ।

गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका नेता नम बहादुर शाही र उपमेयरमा नेकपा एसबाट बम बहादुर रावल चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।

नेकपा एमालेबाट अहिलेका मेयर पदम बहादुर बोहरालाई नै पार्टी अघि सारेको छ भने उपमेयरमा संगिता रावल सोडरीलाई उम्मेद्धार बनाएको छ । यसअघि मंगलसेन नगरपालिकामा दुबै पदमा नेकपा एमालेले जित हासिल गरेको थियो ।

यस नगरपालिकामा कांग्रेस र एमाले नै मुख्य प्रतिष्पर्धीको रुपमा रहेका छन् । गत २०७४ सालको स्थानिय तहको निर्वाचनको परिणम हेर्दा झिनो मतान्तरले कांग्रेसका उम्मेद्धार एमालेका उम्मेद्धारसंग पराजित भएका थिए ।

यसपटक थपिएका मतदाता र ५ बर्षे कार्यकाललाई मुल्याकंन मतदाताले निर्णय लिनसक्ने आंकलन गरिएको छ । यसअघिका जनप्रतिनिधीले राम्रो काम गर्न नसकेको भन्दै आलोचना भईरहेकाले आफुहरु स्पष्ट बहुमतका जित्ने गठबन्धनका उम्मेद्धारको दाबी छ भने ५ बर्षको अनुभवले आफुहरुलाई परिपक् बनाएकाले यसपटक जनताले आफुहरुलाई मत दिने नेकपा एमालेका उम्मेद्धारहरुको दाबी छ ।