मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गठबन्धन प्रतिगमनका विरुद्ध हो : उपसभापति ढुंगाना

गठबन्धन प्रतिगमनका विरुद्ध हो : उपसभापति ढुंगाना


काङ्ग्रेस र समाजवादी पार्टीको संयुक्त आमसभा सुवाखाँदमा सम्पन्न

नेपाली काङ्ग्रेस र एकीकृत समाजवादी पार्टीको संयुक्त घर दैलो अभियान मंगलसैन नगरपालिका वडा नम्बर १/२ बाट सुरुवात गरिएको छ ।

वडा नम्बर १र२ को संयुक्त आयोजनामा घर दैलो अभियान गरिएको थियो ।घर दैलो अभियान पश्चात् वडा नम्बर १ को सुवाखादमा भएको चुनावी आमसभालाई प्रमुख आतिथिको आसन बाट सम्बोधन गर्दै नेपाली काङ्ग्रेस अछामका उपसभापति चन्द्र प्रसाद ढुंगानाले गठबन्धन दलका नेता कार्यकर्तालाई एकता बद्ध भएर चुनावमा केन्द्रीत हुुन निर्देशन दिएका छन् ।

यो गठबन्धन प्रतिगनका विरुद्ध भएको धारणा राख्दै गठबन्धनका उमेदवार विरुद्ध लाग्न कसैलाई पनि छुट नभएको बताए ।

दुर्घटनाको डिलमा केपी ओलीले पुर्‍याएको संघीय लोकतन्त्रिक गणतन्त्रलाई लाई जोगाउन संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुरक्षित स्थानमा लैजान यसको संस्थागत विकास गर्न हामीले हाम्रो साथमा केपी ओली प्रवृत्तिविरुद्ध एकीकृत भएका अरु राजनीतिक शक्तिहरु दलहरुलाई सँग लिएर जाने राजनीति भित्रको इमान्दार प्रयास यो गठबन्धन भएको उनले बताए ।

गठबन्धनका उमेदवारलाई विजयी गराउन आ–आफ्नो ठाउँबाट भुमिका खेल्न आग्रह गरे ।

कार्यक्रमम विशिष्ट अतिथि एकीकृत समाजवादिका सुदुर पश्चिम् प्रदेश सदस्य पृथ्वी भण्डारी रहनु भएको थियोे ।

राष्ट्रिय परिवर्तनका लागि भएको क्रान्ति, अग्रगमन, संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन भएको हो । हामीमा राजनीतिक मुद्धा र एजेण्डा मिलेका कारण सहकार्य भएर चुनावमा आएका छौं । हाम्रा कुनैपनि उमेदवारले हारे देशले हार्छ, अग्रगमन पक्षघरको हार हुने भएकोले गठबन्धनका सम्पुर्ण उम्मेदवार हरुलाइ बिजयी गराउन नगर प्रमुख पदका उम्मेदवार नम बहादुर शाही र उप प्रमुखका उम्मेदवार बम बहादुर रावलले अपिल समेत गरे ।

कार्यक्रममा नेपाली काङ्ग्रेस अछामका सहसचिव दिनेश स्वार,एकीकृत समाजवादि पार्टी अछामका उपसचिव नयन सोडारी,जिल्ला समन्वय समितिका उपप्रमुख टोपबहादुर रावल ,राष्ट्रिय भूमि आयोग अछामका अध्यक्ष खडक बिष्ट ,नेपाली काङ्ग्रेस अछामका युवा नेता बिनोद थापा ,नेपाल विद्यार्थी संघ अछामका सचिव बम स्वार,वडा नम्बर १ का वडा अध्यक्ष पदका उम्मेदवार बेद थापा ,२ का सान्तराम आउजी,एकीकृत समाजवादी बाट १ नम्बर वडाका वडा अध्यक्ष पदका उम्मेदवार पुर्ण राना लगायतले मन्तव्य राखेका थिए ।

नेपाली काङ्ग्रेस अछाम क्षेत्र नम२ प्रदेश सभा (ख) का उपसभापति रमेश बोगटीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम संचालन एकीकृत समाजवादिका रामराज नाथले गरेका थिए ।