मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस्तो छ पन्चदेवल बिनायकको चुनावी गणित 

यस्तो छ पन्चदेवल बिनायकको चुनावी गणित 


अछाम : जिल्लाको पन्चदेवल बिनायक नगरपालिकामा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । उम्मेदवारहरु मनोनयन दर्ता सङ्गै आफ्नो पक्षमा  मतदाता तन्न दिन रात खटिएका छन । मुख्य गरि ठुला राजनैतिक दल नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजबादीले चुनाबी गतिबिधी बढाएका हुन । 

नेपाली काङ्ग्रेसबाट नगर प्रमुखमा पुर्व उपप्रमुख तथा काङ्ग्रेस प्रदेश सहमहामन्त्री अम्बिका चलाउने र उपप्रमुखमा पार्टी नेता पुर्व शिक्षक हर्क बहादुर रावल चुनावी प्रतिस्पर्धामा छन । एमालेबाट प्रदेश कमिटी सदस्य नन्द बहादुर कडायत प्रमुख र उपप्रमुखमा पार्टिकी नेता राजु सन्ज्याललाई उठाईएको छ भने माओबादी केन्द्रले पार्टिको जिल्ला सचिवालय सदस्य राम बहादुर बिकलाई प्रमुख र पार्टिसदस्य तथा पुर्व महिला स्वास्थ स्वयमसेबिका रिता रावललाई उपप्रमुखको रुपमा प्रस्तुत गरेको छ ।

यस्तै एकीकृत समाजबादिले पार्टिका जिल्ला उपाध्यक्ष तथा पुर्व शिक्षक योगेन्द्र बहादुर बिस्टलाई नगर प्रमुख र पार्टी सदस्य कृष्णा न्यौपानेलाई उपप्रमुखको टिकट दिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टिको हलो चिन्ह लिएर ईन्द्र बहादुर  रावल र शर्मिला शाहीपनि चुनाबी मैदानमा छन । स्वतन्त्र उम्मेदवार बनेका चर्चित गाएक टङ्क तिमिल्सैना पनि मेयरमा भिडेका छन । 

पार्टिका आफ्ना आफ्नै दाबी 

२०७४ को स्थानीय तह निर्वाचनमा कुल १५४५८ मतदातामा अहिले ९८७ मतदाता थपिएका छन । अहिले कुल मतदाता संख्या १६४४५ पुगेको छ । २०७४ को निर्वाचनमा कुन ६२% अर्थात साढे ९ हजार मत मात्र खसेको थियो । २०७४ को स्थानिय तह निर्वाचनमा ७ वटा वडा सहित प्रमुख उपप्रमुख जितेको काङ्रेसले चुनाव सहजै जित्ने आकलन गरेको छ ।

पार्टिले २०७४ मा पाएको मतमा २१ सय मत बढाएको काङ्ग्रेसले दाबी गरेको छ । विभिन्न पार्टिबाट काङ्रेस प्रवेस गरेका नेता तथा कार्यकर्ताको १४०० मत र नया थप मतदातामा ९८७ मध्य ७०० मत आफ्नो रहेको काङ्ग्रेसको दाबी छ । २०७४ को निर्वाचनमा कुल खसेको साढे ९ हजार  मतमध्य काङ्ग्रेसका उम्मेदवार देवराज देवकोटाले ३५५५ अर्थात  ३८ प्रतिशत हाराहारी मत लिएका थिए तर उपप्रमुखका उम्मेदवार तथा अहिलेका प्रमुखका उम्मेदवार अम्बिका चलाउनेले ३९६० मत अर्थात ४२ प्रतिशत मत लिएकी हुन ।  काङ्ग्रेसको अहिलेको दाबी हेर्ने हो भने ५६०० प्लस मत लिनेछ ।

जुन अहिले खस्ने मतको अनुपातमा चुनाव जित्न सहज सङ्ख्या हो । स्थानिय निर्वाचन २०७४ लाई आधार मान्ने हो भने यो निर्वाचनमा १० हजार ४ सय आसपासमा मत खस्नेछ । खसेको मतमा काङ्ग्रेसको दाबी हेर्ने हो भने ५४ प्रतिशत मत काङ्रेसको रहेको छ । यस्तै २०७४ को स्थानिय तह निर्वाचनमा निकटतम प्रतिद्वन्दी रहेको नेकपा एमालेका उम्मेदवार नन्द बहादुर कडायतले ३०७५ मत अर्थात ३२.४६% मत लिएका  थिए  ।

उस्को मत संख्या झण्डै १२ सय हाराहारीमा समाजबादिले घटाएको छ । तर एमालेले नगरपालिकाको वडा नम्बर ३ मा झण्डै १३० मत बढाएको छ । एमाले चुनाव जित्ने दाबी गरिरहेको छ । संगठन राम्रो नभएको समयमा झण्डै २५% बढी मत लिएका माओबादी केन्द्रका उम्मेदवार अक्कल बहादुर रावलले २३९१ मत लिएका थिए । अहिले माओबादीले आफू नगरमा दोश्रो ठूलो दल अर्थात एमाले भन्दा बलियो भएको दाबी गरेका छन ।

पार्टिका नगर सह ईन्चार्ज नितेश रिमालका अनुसार उनिहरु एमाले भन्दा राम्रो मत ल्याउने दाबी गरिरहेका छन । तत्कालिन एमालेको संगठकको रुपमा चर्चामा रहेका नेता योगेन्द्र बिष्टलाई मेयर उठाएको एकीकृत समाजबादीले आफुले एमालेभित्रको बहुसंख्यक मत लिएको दाबी गरेको छ ।

उस्को दाबी अनुसार ३२१२ मतको आधाभन्दा बढी अर्थात १६०७ भन्दा बढी मत उससङ्ग छ । यस अघि पार्टि वा सार्वजनिक कुनै पदमा नरहेका नेता बिस्टले एमालेकै हाराहारिमा मत लिने उक्त पार्टिका नेताहरुले बताउने गरेका छन । तत्कालिन नया शक्ती पार्टिका तिर्थ ढकालले लिएका ८१ मतपनि समाजबादीमा प्लस भएको उक्त पार्टिको दाबी छ । 

२०७४ मा राप्रपाका नेत्र बहादुर शाहीले २२ मत पाएका थिए भने अहिले तोलिबाट उम्मेदवार उठाएको राप्रपाले पनि जित्ने दाबी गरिरहेको छ । गित सङ्गितमा अब्बल मानिएका २५ बर्षिय  गाएक टंक तिमिल्सैनाले भने आफू सम्मानजनक मत लिने दाबी गरेका छन । उनी आफू गित सङ्गित सङ्गको जीवन लामो नभएको बताउछन । फर्किएर गाउँमा नै केही गर्ने सोच बनाएका उनी अबको १० बर्ष पछिको तयारीको रुपमा यो चुनावलाई उपयोग गर्न खोजिरहेका छन । 

कस्ले मार्ला बाजि 

उल्लेखित दाबिहरु उनिहरुका आमसभा र खुल्ला अभिव्यक्ति अनुसार लिईएको हो । आफू आफू जित्ने दाबी गरिरहेका उनिहरुको ग्राउण्डका बिषयमा सुदुर आजले गरेको अध्ययन अनुसार नेपाली काङ्ग्रेस फराकिलो मतान्तरले अगाडि  छ । २०७४ मा खसेको  प्रतिशत भन्दा ८ प्रतिशत बढी अर्थात ७० प्रतिशतलाई आधार मान्ने हो भने कुल मतादाता मध्य ११ हजार ६ सय हाराहारीमा मत खस्ने देखिन्छ । 

सो मत अनुसार काङ्ग्रेसका उम्मेदवार अम्बिका चलाउनेले २०७४ मा पाएको ३९६० मतमा १४०० मत बढाउने छन । यो सङ्ख्यामा ६ सय नया थपिएका मतदाता र ८ सय विभिन्न पार्टि छोडेर प्रवेश हुने मतदातालाई आधार मान्न सकिन्छ । उनी महिला र युवा भएकोले उनका प्रती महिला र युवाको आकर्षण देखिएको छ । सबै वडामा बलियो संजाल भएकी उनलाई अन्य पार्टिबाट पनि मत बढाउन सक्ने नेताको रुपमा हेरिएको छ । उपप्रमुखमा पनि काङ्ग्रेसले बलियो नेतालाई उभ्याएको छ । पुल्लेतोलाको मतमा बलियो भनिएका हर्क बहादुर रावलको नगर भरी संजालल छ । 

नेकपा एमालेका पुराना नेता नन्द बहादुर कडायत २०७४ को निर्वाचनमा पराजित उम्मेदवार हुन । उक्त समयमा पुल्लेतोलामा सम्मानजनक मत, तोलि  र बारलामा केही फरक  पार्न सकेको भए उनी यतिखेर मेयरको रुपमा नगरमा हुन्थे । उक्त निर्वाचनमा खोला वारिपारीको माओबादी मुद्दाले उनलाई क्षती भएको थियो । एमालेको राम्रो संगठन भएको पुल्लेतोलामा माओबादी उम्मेदवारलाई उनका मत गएको एमालेको दाबी थियो ।

अहिलेको परिस्थितिमा उनले लिएको ३२०० मतमा समाजबादिले ११ सय मत कटाएको छ । एमालेको बर्चस्व रहेको वडा नम्बर २,४,६ मा एमाले तेश्रो दलका रुपमा हुने देखिन्छ । वडा नम्बर ३ मा माओबादीबाट झण्डै १३० को हाराहारिमा मत बढाएको एमालेले नया थपिएका मतमा १५० मत थपेको छ जुन समाजबादीले काटेको मत भन्दा ८३० कम हो ।

यसरी हेर्दा एमालेको मत सङ्ख्या झण्डै २४ सयमा झर्ने देखिन्छ । उपप्रमुखको उम्मेदवार राजु सन्ज्याल त्यति चर्चित नाम हैन । हुनत  उनी बाम राजनितिमा पुरनो पात्र हुन । द्वन्दकालमा भुमिगत माओबादी भएकी उनी एमाले प्रबेश गरेर एमाले फुट्दा समाजबादी कित्तामा गएकी थिईन । उपप्रमुखको सिफारिस गर्ने सर्तमा उनलाई  एमाले फर्काईएको हो । माओबादी केन्द्रबाट जबर्जस्त उदाएका नेता राम बहादुर बिकले लिने मत सङ्ग दलित सेन्टिमेन्टले छुने देखिन्छ ।

नेपालगन्ज बहुमुखी क्याम्पसमा २०६५ मा स्वबियु सभापती बनेका नेता राम बहादुर बिक लामो बिध्यार्थी राजनिती गरेका नेता हुन । उनी २०७४ को निर्वाचनमा निर्वाचन बहिस्कारमा थिए । पछि प्रदेश र संघको चुनावमा विप्लब नेतृत्वको माओबादी पार्टी छोडेर माओवादी केन्द्रमा उनी जोडिएका हुन ।

उनलाई विप्लब माओबादीले कार्वाही गरेको बताएको थियो । त्यस यता उनी माओबादी केन्द्रको मुलधारमा छन । २०७४ मा माओबादी केन्द्रले लिएको २५% अर्थात २३९१ मत माओबादी केन्द्रको साङठनिक मत भने हैन । उक्त मत माओबादी उम्मेदवार अक्कल रावललाई भेगिय सेन्टिमेन्टले आएको मत हो । माओबादी केन्द्रको खास मत उपप्रमुख भावना रिमालले लिएको १७१० मत हो । यधपी माओबादिले यो मतलाई बढाएको छ । 

माओबादिले नया थपिएको मतदातामा २०० मत बढाएको छ । उक्त थप मतमा शेर बहादुर बुढा र बजिर शाही बाहिरिए सङ्गै झण्डै १ सय बढी मत घटेको छ । माओबादी पार्टिबाट उपप्रमुख उम्मेदवार रिता रावल महिला स्वास्थ स्वयम् सेबिका हुन । उनलाई पार्टिले भेग मिलाउन अघि सारेको हो ।  यधपी माओबादिले मत बढाएर २०७४ बराबर पुगाउनेछ । 

समाजबादी पार्टिको सङ्गठन वडा नम्बर २,४,५,६ र ७ मा राम्रो छ । उससङ्ग ११०० मत होल्ड मत छ । मेयर पदका उम्मेदवार योगेन्द्र बहादुर बिस्ट चुनाबी रणनितिमा अब्बल भएकाले उनले मत बढाउने देखिन्छ । समाजबादीले करिब १७०० आस्पासमा  मत पुगाउनेछ । राप्रपाको मत सङ्ख्या २० आसपास हुनेछ भने कलाकार टङ्क तिमिल्सैनाले १०० बढी मत लिनेछन ।