मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ढकारी गाँउपालिका : अध्यक्षको चर्चामा शेरबहादुर बुढा

ढकारी गाँउपालिका : अध्यक्षको चर्चामा शेरबहादुर बुढा


अछाम : अछामको ढकारी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार शेरबहादुर बुढाको चर्चा बढेको छ । उहाँ नेकपा (एकीकृत समाजवादी) पार्टीबाट अध्यक्ष पदमा उम्मेदवार हुनुहुन्छ । गाँउ दौडाहमा रहेका बुढालाई टोलटोलका मतदाताले भव्य स्वागत गरिरहेका छन् ।

व्यक्तिगत लोकप्रियता, अनुभवी तथा इमान्दार भएका कारण उहाँको पक्षमा मतदाताको आकर्षण बढेको देखिन्छ । चुनाव प्रचारका क्रममा उहाँले ढकारी गाउँपालिकाको वडा नम्बर ४ वलाताबाट मतदाता भेटघाट तथा घरदैलो अभियान सुरु गर्नुभएको हो ।

अभियानको दोस्रो दिन शनिवार उहाँले गाउँपालिकाको वडा नम्बर ५ स्थित ज्ञान मन्दिरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुका साथै त्यहाँका स्थानीय सँग घरदैलो भोटघाट गर्नुभएको छ । भेटका क्रममा अधिकांस स्थानीयले यसअघि सासक शैलीका जनप्रतिनिधिलाई निर्वाचित गरेर ठुलो भुल भएको भन्दै अहिलेपनि त्यस्तै प्रकारका उम्मेदवारलाई विजयी गराए सर्वसाधारणले थप सास्ती खेप्नुपर्ने देखिएकोहुदा पार्टी तथा अन्य सम्बन्धलाई टाढा राखेर अध्यक्षमा शेरबहादुर बुढा र उहाँको सिंगो टिमलाई नै नेतृत्वमा ल्याउनकालागि चुनाव चिन्ह कलममै मतदान गर्ने बचन दिएका छन् ।

उनीहरुले अहिले पनि कयौं योजना र स्थानीय सरकारले संचालन गर्ने कार्यक्रममा एकलौटी सहभागिता गराइदा अधिकांस सर्वसाधारणले हेपिएर बस्नु परेको दुखेसो पोख्दै सामान्य सिफारिसमा समेत व्यक्तिगत सम्बन्ध र नातागोता तथा चाकडी गर्नेहरु बाहेक अन्य कसैलेपनि सहजै सेवा लिन नपाएकाले अब भोट दिदा विगत जस्तो गल्ती गर्न नहुने बताएका छन् । स्थानीय सरकारमा निर्वाचित भइसकेपछि पनि आफ्नै पार्टी निकटकाहरु माथि त विभेद गर्नेहरुले अन्य पार्टी सँग आवस्थावान व्यक्तिका सुझाब तथा गुनासो केहिपनि सुन्न नचाहदा स्थानीय सरकारको कुनैपनि सुखद अनुभुति हुन नसकेको स्थानीय लक्ष्मीराज कामीले बताउनुभयो ।

उहाँ नेपाली कांग्रेसको वडा कार्यसमिति सहसचिव पद परित्याग गर्दै नेकपा एकीकृत समाजवादीमा प्रबेश गर्नु भएको छ । सोही अवसरमा माओवादी र कांग्रेसबाट प्रवेश भएका अम्मरबहादुर बुढा, संजय थापा, बलबहादुर कामी, भक्ते कामी, खडक कामी लगायतले टोल वडाहुदै गाउँपालिकासम्म सामान्य व्यक्तिको पहुच पुग्नेगरी जनताका पक्षमा लाग्न आग्रह गर्दै अध्यक्षका उम्मेदवार शेरबहादुर बुढालाई पक्षपातरहित काम गर्न सुझाब दिएका छन् ।

यो पटक पार्टी भन्दा पनि सबैभन्दा इमानदार र क्षमतावान व्यक्तिलाई भोट दिनुपर्ने भएकाले पनि त्यसको विकल्प शेरबहादुर बुढा बाहेक अन्य उम्मेदवार हुनै नसक्ने उनीहरुको बुझाई छ । नेकपा (एकीकृत समाजवादी) पार्टीका गाउँ संगठन कमिटी अध्यक्ष नविन बुढाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रहनु भएका पार्टीका जिल्ला कमिटी सचिव नवराज सावदले इमानदार, निष्ठावान र स्वच्छ छबी भएका शेरबहादुर बुढालाई गाउँपालिकाको अध्यक्षमा जिताउन आग्रह गर्नुभयो ।

ढकारीले पहिलो पटक विवाद रहित र सामाजमा साझा छबी बनाएका व्यक्ति पाएकाले यो अवसर गुमाउन नहुने भन्दै उहाँले कुनै जात, धर्म, भेग र पैसाका भरमा चुनाव जितेर व्यक्तिगत स्वार्थमा लाग्नेहरु संग सचेत रहन मतदातालाई अनुरोध गर्नुभयो । कार्यक्रममा बोल्ने अन्य व्यक्तिहरुले समेत कुनैपनि पार्टी नभनि अध्यक्षमा शेरबहादुर बुढा र उपाध्यक्षमा देवकला खत्री (चलाउने) लाई विजयी गराएर समृद्ध गाउँपालिका बनाउने अभियानमा सहयोग गर्न आग्रह गरेका थिए ।

२०४३ सालबाट सक्रिय राजनितिमा लागेका अध्यक्ष पदका उम्मेदवार बुढा ढकारी गाउँपालिकाका रिमा, नाउले, बाचकोट, घोडासैन, ढुंगाचाल्ना, टिमु, डुफा, सल्लेरी, रुज, थारम, ढिल्की, बलाता, अमगाउ, सेरा, मोय, थारा ओराड, मोयकाँडा लगायतका सबै गाउँका टोलटोलमा समेत लोप्रिय र परिचित हुनुहुन्छ । २०३२ सालमा तात्कालीन ढुंगाचाल्ना गाउँपञ्चायतको उप–प्रधानपञ्च र २०४३ सालमा ढुंगाचाल्ना गाबिसको अध्यक्ष भएको बेला उहाँले नै पहिलो पटक यो क्षेत्रमा विद्यालय, स्वास्थ्यचौकी, प्रहरी चौकि, सामुदायिक भवन, गाबिस भवन, खानेपानी र बिभीन्न गाउँसम्म जोड्ने व्यवस्थीत बाटोहरु निर्माणको अभियान थाल्नु भएको थियो ।

त्यसपछि मात्रै पूर्वी अछामको ढकारी क्षेत्रमा समृद्धिको ढोका खुलेको थियो । प्रचार अभियानका क्रममा उहाँले मतदाताहरु संग सुझाब समेत संकलन गरिरहनु भएको छ । जसलाई निर्वाचनपछि विजयी भएर कार्यान्वयन गर्नेगरी व्यवस्थीत रुपमा रेकर्ड राख्ने गरिएको नेकपा (एकीकृत समाजवादी) पार्टीका जिल्ला कमिटी सदस्य भुपेन्द्र बुढाले जानकारी दिनुभयो ।

कार्यक्रममा अन्य अतिथीहरुमा उपाध्यक्ष पदका उम्मेदवार देवकला खत्री (चलाउने), गाउँपालिका संगठन कमिटी अध्यक्ष धर्मराज साउद, जिल्ला कमिटी सदस्यहरु राजबहादुर शाही, मेघलाल उपाध्याय, उज्जले कामी, वडा नम्बर ५ का वडाध्यक्ष पदका उम्मेदवार तिलक बहादुर साउद, वडा नम्बर ४ का वडाध्यक्ष पदका उम्मेदवार पहलवान थापा लगायत रहनु भएको थियो । दिनेश बुढाको स्वगात मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन प्रकाश बहादुर साउँदले गर्नुभएको थियो । नेकपा (एकीकृत समाजवादी)ले अन्य गाँउटोल तथा वडाहरुमा समेत चुनावी प्रचार र घरदैलोलाई निरन्तरता दिने जनाएको छ ।