मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भागेश्वरमा पहिलो पटक स्वतन्त्र उम्मेद्धारी, मिन बोहरा प्यानल सहित चुनावी मैदानमा

भागेश्वरमा पहिलो पटक स्वतन्त्र उम्मेद्धारी, मिन बोहरा प्यानल सहित चुनावी मैदानमा


अछाम । जिल्लाको साँफेबगर नगरपालिका वडा नं। ६ भागेश्वरमा एक जनाको स्वतन्त्र उम्मेद्धारी परेको छ । नेकपा एमाले निकट रहेका मिन बहादुर बोहराले पार्टीबाट टिकट नपाए पछि स्वतन्त्र रुपमा उम्मेद्धारी दिएका छन् ।

बिगत दुई दशक देखि पार्टीको राजनितिमा सक्रिय हरेको बोहरालाई पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेद्धारी दिएको बताए । बाहराले आफु अध्यक्ष संगै ४ जना सदस्य पदमा समेत स्वतन्त्र उम्मेद्धारको प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

पार्टीको हरेक काममा सक्रिय भएर लागेको भएपनि पार्टीले आफुलाई उपेक्षा गरेकाले स्वतन्त्र उम्मेद्धारी दिएको उनले बताए ।
आफुले वडामा विकास निर्माण देखि अन्य सबै क्षेत्रमा योग्दान दिदैँ आएको भएपनि पार्टीले त्यसको सही मुल्यांकन नगरेको उनको आरोप छ ।

नेकपा एमालेको वडा सदस्य हुदै उप–सचिब , सचिब र अध्यक्ष समेत भएर उनले काम गरिसकेका छन् । आफुले न्यायपूर्ण निर्णय खोजेको थिंँए त्यसो हुन नसक्दा स्वतन्त्र भएर पनि वडामा चुनाव जितेर जनताको सेवा गर्ने उनको भनाई छ । आफु पार्टीको विरुद्धमा नभई अनुचित निर्णयको खिलाप उभिएको उनले बताए ।

वडामा थुप्रै समस्याहरु छन उम्मेद्धार बोहराले भने ति समस्या समाधान गर्न वडाबासीले आफुलाई मत दिने उनको भनाई छ । वडाको बिकासको लागि र वडा बासीहरुलाइ खुसि बनाउन निमित्त जुन कुरा आवश्कता छ, त्यो कार्यान्वयनको लागि आफु लाग्ने उनले बताए ।

जनतालाई बिकास र समृद्धि चाहिएको छ उनले भने हाम्रो वडामा शिक्षा, स्वास्थ्य, पानीको व्यवस्थापन, कृषि, खेलकुद, महिला तथा बालबालिका जस्ता विभन्न क्षेत्रहरुमा आजको दिनसम्म पनि कुनै परिवर्तन आउन सकेको छैन म यी बिबिध समस्याहरुको समाधान गर्न लाग्नेछु ।

भागेश्वर बासीहरुले कर्ममुखी, गतिशील र सशक्त नेतृत्व खोजिरहेकोले आफुले उमेदवारी दिएको उनले बताए । वडाका दलित समुदायका साथै बिपन्न बर्गहरुको उन्थानको निमित्त पनि आफ्नो उमेदारी रहेको बोहराको भनाई छ ।

स्वतन्त्र उम्मेद्धार बोहरा राष्टिय खेलाडी हुदैँ जिल्ला खेलकुद विकास समिती अछामको अध्यक्ष भएर समेत काम गरेका छन् भने उनले वडामा कोल्ड स्टोर बनाउनको लागि ३ रोपनी जग्गा समेत दान गरेका छन् ।

स्वतन्त्र उम्मेद्धार बोहरा एमालेका तत्कालिन वडा कमिटिका अध्यक्ष पनि हुन् । साँफेबगर ६ भागेश्वर एमालेका नेता पूर्व उपप्रधान तथा गृह मन्त्री भिम रावलको वडा हो । यस वडामा स्वतन्त्र रुपमा उम्मेद्धारी परेको पहिलो पटक हो ।

भागेश्वरमा गठबन्धनबाट समाजवादीका शंकर बिष्ट र एमालेबाट दुधकला बिष्ट पनि वडाध्यक्षका उम्मेद्धार हुन् ।