मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पार्टीबाट भन्दा धेरै स्वतन्त्र उमेदवार निर्विरोध !

पार्टीबाट भन्दा धेरै स्वतन्त्र उमेदवार निर्विरोध !

सुदूर आज

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अगावै ३५३ जना उमेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचन आयोगको तथ्यांकअनुसार राजनीतिक दल र स्वतन्त्र गरी ३५३ जना निर्विरोध निर्वाचित भएका हुन् । 

आयोगको तथ्यांकअनुसार राजनीतिक दलहरूसँगै स्वतन्त्र उमेदवारहरू पनि वडाअध्यक्षसहितका पदमा कुल ३४ जना निर्विरोध भएका छन् । जसअनुसार वडा अध्यक्षमा ६ जना स्वतन्त्र उमेदवार निर्वाचित भइसकेका छन् । त्यस्तै दलित महिला सदस्यतर्फ ४ जना स्वतन्त्र उमेदवार निर्विरोध भएका छन् । महिला सदस्यतर्फ ८ जना र खुला सदस्यतर्फ १६ जना स्वतन्त्र उमेदवार निर्वाचित भएको आयोगले जनाएको छ ।

राष्ट्रिय दलको मान्यता पाएका जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भन्दा धेरै स्वतन्त्र उमेदवार निर्विरोध भएका हुन् । आयोगको तथ्यांकअनुसार जसापा र लोसपाका एक–एक जना दलित महिला सदस्य निर्विरोध भएका छन् ।

यस्तै, राष्ट्रिय जनमुक्ति पार्टीबाट एक महिलासदस्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई खुला सदस्य, नेपाल मजदुर किसान पार्टीका दुई दलित महिला सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् ।

हेर्नुहोस् सूची :
No description available.