मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनावी सभालाई सम्बोधन गर्न देश दौडाहमा निस्कँदै देउवा, कहिले कहाँ ? (सूचीसहित)

चुनावी सभालाई सम्बोधन गर्न देश दौडाहमा निस्कँदै देउवा, कहिले कहाँ ? (सूचीसहित)


वैशाख २४ गते एकैदिन बुटवल दमौली र धुनषामा सम्बोधन गर्ने 

काठमाडौं- नेपाली कांग्रेसले देशका विभिन्‍न स्थानहरुमा हुने सभाहरुमा केन्द्रीय नेताहरुले सम्बोधन गर्ने भएका छन्। यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले देशभरका विभिन्‍न स्थानमा सभा गर्ने कार्यक्रम रहेको छ।  

उक्त सभाहरुमा पार्टीका सभापति, नेता एवं पदाधिकारी लगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। सबै सभाहरुको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिहरुले गर्ने बताइएको छ।

सम्बोधन गर्ने नेताहरुको सूची:

१. वैशाख २१ गते मोरङ (विराटनगर)

शेरबहादुर देउवा, सभापति

रामचन्द्र पौडेल, नेता

विश्वप्रकाश शर्मा, महामन्त्री लगायत अन्य वक्ताहरू

२. वैशाख २२ गते चितवन (भरतपुर)

 शेरबहादुर देउवा, सभापति

 रामचन्द्र पौडेल, नेता

 महालक्ष्मी उपाध्याय ‘डिना’, सहमहामन्त्री लगायत अन्य वक्ताहरू

३. वैशाख २३ गते काठमाडौं

 शेरबहादुर देउवा, सभापति

 रामचन्द्र पौडेल, नेता लगायत अन्य वक्ताहरू

४. वैशाख २४ गते (बिहान ११ बजे) रुपन्देही (वुटवल)

 शेरबहादुर देउवा, सभापति

 रामचन्द्र पौडेल, नेता

 गगनकुमार थापा, महामन्त्री लगायत अन्य वक्ताहरू

५. वैशाख २४ गते (दिउँसो १२ः३० बजे) तनहुँ (दमौली)

 शेरबहादुर देउवा, सभापति

 रामचन्द्र पौडेल, नेता

डा. प्रकाशशरण महत, प्रवक्ता लगायत अन्य वक्ताहरू

६. वैशाख २४ गते (दिउँसो २ बजे) धनुषा (जनकपुर)

 शेरबहादुर देउवा, सभापति

 रामचन्द्र पौडेल, नेता

 भीष्मराज आङ्दम्बे, सहमहामन्त्री

 महेन्द्र यादव, सहमहामन्त्री लगायत अन्य वक्ताहरू

७. वैशाख २५ गते (बिहान ११ बजे) कास्की (पोखरा)

 शेरबहादुर देउवा, सभापति

 रामचन्द्र पौडेल, नेता

 धनराज गुरुङ, उपसभापति

 जीवन परियार, सहमहामन्त्री लगायत अन्य वक्ताहरू

८. वैशाख २५ गते (दिउँसो २ बजे) दाङ (तुलसीपुर)

 शेरबहादुर देउवा, सभापति

 रामचन्द्र पौडेल, नेता

 किशोरसिंह राठौर, सहमहामन्त्री लगायत अन्य वक्ताहरू

९. वैशाख २६ गते कैलाली (धनगढी)

 शेरबहादुर देउवा, सभापति

 रामचन्द्र पौडेल, नेता

 फरमूल्लाह मंसुर, सहमहामन्त्री लगायत अन्य वक्ताहरू

१०. वैशाख २७ गते डडेल्धुरा

 शेरबहादुर देउवा, सभापति

 रामचन्द्र पौडेल, नेता

 बद्री पाण्डे, सहमहामन्त्री लगायत अन्य वक्ताहरू।