मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लामो समयदेखि पार्टीमा क्रियाशिलताको मुल्यांकन नहुदा स्वतन्त्र उम्मेदारी : स्वार

लामो समयदेखि पार्टीमा क्रियाशिलताको मुल्यांकन नहुदा स्वतन्त्र उम्मेदारी : स्वार


अछाम : जिल्लाको वान्नीगढी जयगढ गाउँपालिकामा अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वार रहेका डम्बर स्वारले आफ्नो उम्मेद्वारी कायम रहेको र चुनावी भेटघाट शुरु भएको बताएका छन् । जयगढ बजारमा पत्रकार सम्मेलन तथा मतदाता भेटघाट कार्यक्रम सुरु गर्दै स्वारले आफ्नो स्वतन्त्र उम्मेदवारीको चुनावी अभियान शुरु भएको बताए ।

काँग्रेस अछामले नीति भन्दा बाहिर गएर आकांक्षीलाई जानकारी नै नदिएर भोट हाल्न लगाइ टिकट वितरण गरेकोप्रति निकै चर्को आलोचना गरे । काँग्रेस पार्टीमा आफु लामो समयदेखि क्रियाशिल भएको भन्दै मुल्यांकन नै नगरेर टिकट वितरणप्रति आफ्नो विद्रोह भएको भनाइ राखे।

काँग्रेस पार्टीबाट राजिनामा कसैले नमागेको र आवश्यक परेमा राजिनामा लेखेर खल्तीमै राखेको स्वारले बताए । उम्मेद्वारीका बारेमा आफुलाई पार्टीका नेताहरुले भुल्याउने गरेको भएपनि आफु चुनावमा गइसकेको भनाइ अध्यक्ष पदका उम्मेदवार स्वारको भनाइ छ ।

नेपाली काँग्रेसको स्थानीय नेता रहेको भन्दै स्वारले आफूलाई अध्यक्ष पदमा मतदान गर्नका लागि आग्रह गरे । जयगढ बीच बजारमा आफ्नो घोषणा पत्र सार्वजनिक गर्दै गाउँपालिकामा भएका गलत काममा विरुद्धमा रहेकोस्वारले बताए । काँग्रेस पार्टीमै लामो समयसम्म लडेको, भिडेको भएकोले काँग्रेसकै सहयोगमा आफु विजयी हुने स्वारको भनाइ रहँदै आएको छ ।

कुनै व्यक्तिका विरुद्धमा स्वतन्त्र उम्मेद्वारी नभएर पार्टीले गरेको गलत निर्णयका विरुद्धमा आफुले उम्मेद्वारी दर्ता गरेको स्वारको भनाइ छ । अहिले जनताले गाउँपालिकाबाट कुनै सूचना नै नपाउने गरेको भन्दै व्यक्तिगत आवश्यकता अनुसार बजेट विनियोजन हुने गरेको भनाइ राखे ।

आफू गाउँपालिका अध्यक्ष निर्वाचित भएमा बजेट र कार्यक्रम सबै जनतालाई देखाइ दिने बताए । टिकट वितरणमा मनोमानी गरेको भन्दै बान्नीगढी जयगढ गाउँपालिकामा अध्यक्ष पदमा डम्बर स्वारले उम्मेदवारी दर्ता गरे ।