मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन आचारसहिंता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिती अछामको जिम्मेवारी युवा नेता कुवँरलाई

निर्वाचन आचारसहिंता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिती अछामको जिम्मेवारी युवा नेता कुवँरलाई

सुदूर आज

अछाम । नेपाली कांग्रेस अछामका युवा नेता तथा महाधिबेशन प्रतिनिधी कृष्ण कुवँरलाई निर्वाचन आचारसहिंता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिती अछामको जिम्मेवारी दिईएको छ ।

नेपाली कांग्रेस स्थानिय तह निर्वाचन केन्द्रिय परिचालन समितीको निर्णय अनुसार कुवँरलाई अछाम जिल्लाको प्रतिनिधी तोकिएको हो ।

कांग्रेस केन्द्रिय उपसभापती एवंम स्थानिय तह निर्वाचन केन्द्रिय परिचालन समिती संयोजक पूर्ण बहादुर खड्काले केन्द्रिय सदस्य मिन बिश्वकर्माको संयोजकत्वमा गठित निर्वाचन आचारसहिंता अनुगमन तथा निर्वाचन आयोग समन्वय उसमिती अन्र्तगत अछामको जिम्मेवारी कुवँरलाई तोकेका हुन् ।

उपसमितीले तोएिको कार्यआदेशमा रही तोकिएको जिल्लामा काम गर्न समितीले आग्रह गरेको छ । नेता कुवँरले केन्द्रे दिएको जिम्मेवारी सफलतापूर्वक पुरा गर्ने बताएका छन् ।