मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनताका दु:खको सारथी बन्न कांग्रेसका उम्मेद्धारको जित आवश्यक : सभापति शाह

जनताका दु:खको सारथी बन्न कांग्रेसका उम्मेद्धारको जित आवश्यक : सभापति शाह


मंगलसैनमा बिभिन्न पार्टी परित्याग गरि मंगलसेनमा ८६ जना कांग्रेस प्रबेश”

अछाम । अछाम जिल्लामा बिभिन्न पार्टी परित्याग गरी ८६ जना नेपाली कांग्रेस प्रबेश भएका छन् ।

नेपाल राष्टिय शिक्षक संगठनका नेता जय बहादुर बोगटी, नेपाल कम्युनिष्ट पार्टी माओवादी बिप्लबका सेल इन्चार्ज इन्द्र थापा, एमालेका राम बहादुर कुँवर, तुले बोगटी लगायत ८६ जना नेपाली कांग्रेसमा प्रवेश भएका कांग्रेस अछामले जनाएको छ ।

मंगलसैन नगरपालिकाको वडा नं. १३ बस्ती डाँडीगडेमा भएको चुनावी आमसभा उनिहरु पार्टी प्रबेश भएका हुन् ।

वडा सभापति एवम वडा अध्यक्ष पदका उम्मेदवार हिक्मत बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस अछामका सभापति पुष्प बहादुर शाह प्रमुख अथिति रहेका थिए ।

सभापति शाहले मंगलसेन नगरपालिका विकास निर्माणको लागि कालागाउँ देखि बस्ती सम्मका जनताका सुख दु:खका सारथी बन्न र जनताको जीवन स्तर उकास्न नेपाली कांग्रेस का उम्मेदार लागि विजयी गराउन अपिल गरे ।

कम्युनिष्ट सरकारको पाँच वर्षे कार्यकालमा भ्रष्टाचार र बेथिति मात्र भएको भन्दै शाहले जनतामा व्यापक असन्तुष्टि बढेकोले यसपटक कांग्रेस जित्ने पक्का भएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस अछाम क्षेत्र नं २ का महासमिति सदस्य पदम राज अधिकारी, पूर्व महासमिति सदस्य मान बहादुर रावल लगायत नेता हरुको उपस्थित रहेको थियो ।