मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बदर मत रोक्न नमुना मतदान

बदर मत रोक्न नमुना मतदान


दैलेख – वैशाख ३० गते हुने पालिका चुनावलाई लक्षित गरेर जिल्ला निर्वाचन कार्यालय दैलेखले नमुना मतदान गराएको छ । बदर मत रोक्न नमुना मतदान गरिएको जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाले बताए ।

मतदान केन्द्र तोकिएको त्रिवेणी सङ्गम मावि चुप्राको प्राङ्गणमा नमुना मतदानको व्यवस्था मिलाइएको थियो । इच्छुक स्थानीयवासीलाई पालैपालो महिला र पुरुषको छुट्टाछुट्टै घेरामा लामबद्ध भएको नमूना मतदान स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी तैनाथ थिए ।

नागरिकले आफ्नो मतको सदुपयोग गर्न जानुन् भनेर नमुना मतदान गराइएको निर्वाचन अधिकारी काउचाले बताए । नमुना मतदानमा ४८ जना सहभागी भएकामा चार वटा मतपत्र बदर भएकाे उहाँले जानकारी दिए । 

मतदातालाई मतदानअघि कस्ताे अवस्थामा मत बदर हुन्छ भनेर पनि जानकारी गराइएकाे थियाे ।  मतपत्र लिइसकेपछि तल–माथि, वर–पर फरक फरक चिह्नमा छाप लगाउन खोज्दा अलमल परेको ५९ वर्षीया खगिसरा थापाले गुनासाे गरे ।