मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तपाईँकाे छाेरी मेयरमा नउठाउनुस् भनेकाे भए प्रचण्डले मान्नु हुन्थ्याे : देउवा

तपाईँकाे छाेरी मेयरमा नउठाउनुस् भनेकाे भए प्रचण्डले मान्नु हुन्थ्याे : देउवा


काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकामा रेणु दाहाललाई मेयरको उम्मेदवार बनाउन आफूले भनेको बताउनुभएको छ । सभापति देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणुलाई भरतपुर महानगरपालिकाको मेयरमा टिकट दिन आफूले भनेको बताउनुभएको हो । 

आज शुक्रवार काठमाण्डाैमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा बोल्दै उहाँले प्रकाशमान सिंहकी श्रीमती सिर्जनालाई काठमाण्डाैकाे मेयरमा उम्मेदवार बनाउन पनि आफूले नै भनेको बताउनुभयो । उहाँले पुष्पकमल दाहाल लचिलो भएकोले गठबन्धन बनाउन सजिलो भएको पनि बताउनुभयो । 

सभापति देउवाले भन्नुभयो, ‘अहिलेको गठबन्धन सजिलो छ । प्रचण्डजी सजिलो हुनुहुन्छ । हामी सबैले तपाईँको छोरी नउठाउनुस् भनेको भए मान्नु हुन्थ्यो । मैले रेनुले राम्रो काम गरेकी छिन्, टिकट दिनुस् भनेको हो । काठमाण्डाैमा सिर्जना सिंहलाई टिकट दिन प्रकाशमान डराएका हुन् । मैले नै उम्मेदवार बनाएको हो । पार्टीमा योगदान गरेको मान्छे हो ।’

सभापति देउवाले चितवनमा राम्रो काम गरेकाले रेनुलाई मेयरमा जिताउनुपर्ने बताउनुभयो । उहाँले काठमाण्डाैमा फोहरको र यातायातको समस्या समाधान गर्छु भन्ने सिंहलाई पनि जिताउनुपर्ने बताउनुभयो ।