मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ढुंगाचाल्नामा नेकपा (एकीकृत समाजवादी)को चुनावी सभा सम्पन्न

ढुंगाचाल्नामा नेकपा (एकीकृत समाजवादी)को चुनावी सभा सम्पन्न


अछाम : जिल्लाको ढकारी गाउँपालिकाको ढुंगाचाल्नामा नेकपा (एकीकृत समाजवादी) पार्टीको विसाल चुनावी सभा सम्पन्न भएको छ । वडा नम्बर ६ का वडा कमिटी अध्यक्ष पूर्णबहादुर बिकको अध्यक्षतामा सम्पन्न सभामा पार्टीका प्रदेश कमिटी सदस्य भक्तबहादुर शाही प्रमुख अतिथी रहेका थिए ।

पार्टीका जिल्ला कमिटी सचिव नवराज सावद बिशिष्ठ अतिथी रहेको सभामा नेकपा (एकीकृत समाजवादी) पार्टीका तर्फबाट गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार तथा पार्टीका ढकारी इन्चार्ज एंव सचिवालय सदस्य शेरबहादुर बुढा र उपाध्यक्षका उम्मेदवार देवकला खत्री (चलाउने) ले पनि बिशिष्ठि अतिथीका रुपमा प्रतिवद्धता सहित आफ्नो मन्तब्य राखेका थिए ।

सभामा प्रभुख अतिथीको आशनबाट बोल्दै प्रदेश कमिटी सदस्य शाहीले एकीकृत समाजवादी पार्टीको ढकारी गाउँपालिकामा हुने विजयलाई कुनैपनि शक्तिले रोक्न नसक्ने बताए । केही पार्टीका प्रतिनिधिले आफुहरुका बारेमा गलत र भ्रामक हल्ला फैलाइरहेकाले त्यसतर्फ सचेत रहन अग्रह गर्दै उहाँले पैसा, बल र गुण्डागर्दीका भरमा चुनाव जित्ने कुरामा घमण्ड नगर्न चेतावनी दिए ।

हरेक टोलटोलमा नेकपा एकीकृत समाजवादीका सचेत नेता, कार्यक्रता र मतदाता तैनाथ रहेकाले कोही सकैले विगत जस्तो पैसामा भोट किन्ने, चामल बाड्ने र झुठा आस्वासन दिने खालका गतिविधि गरे त्यस्ता कार्यको तत्कालै प्रतिकार गरिने भन्दै प्रदेश कमिटी सदस्य शाहीले विगत जस्तो धम्कीका भरमा चुनाव जित्ने कल्पना गर्नु केवल मुर्खता मात्र हुने बताए ।

यो पटक भेग, क्षेत्र, जात वा अन्य कुनैपनि बहानामा गलत व्यक्तिलाई भोट जान नहुने भन्दै उहाँले इमानदार, निष्ठावान र सबैको साँझा व्यक्तिका रुपमा परिचित शेरबहादुर बुढालाई जिताए मात्र गाउँपालिकाले सही नेतृत्व पाउने बताए। सभामा बोल्दै बिशिष्ठ अतिथी तथा पार्टीका जिल्ला कमिटी सचिव नवराज सावदले ढकारीमा नेकपा एकीकृत समाजवादी पार्टीमा देखिएको जनलहरका कारण कांग्रेस र एमालेहरुले आफुहरु विरुद्ध गाउँ गाउँमा गलत हल्ला फैलाइरहेको उल्लेख गरे ।

उनीहरुले समाजवादीका नेताहरुलाई पैसामा किनेर भोट आफ्नो पक्षमा ल्याइसकेको जस्ता हुनै नसक्ने भ्रम फैलाएकाले योबेला मतदाताहरुलाई यस्ता गलत प्रचारको पछि नलाग्न आग्रह गरे । हरेका गाउँ टोलामा पुगेर आफुहरुले गरेका कुरामा विस्वास गर्न आग्रह गर्दै उहाँले कांग्रेस, एमालेका नेताहरुले यो पटक पनि जालझेल गरेरै चुनाव जित्ने खेल खेलिरहेकाले कुनैपनि खाले प्रलोभनमा नपर्न उहाँले आग्रह गरे ।

आफ्नो पार्टीका कुनैपनि उम्मेदवार पैसा खुवाएर भोट किन्ने पक्षमा नरहेको भन्दै यदि कुनैपनि दलले पैसामा भोट किनेर जिते त्यस्तो नेतृत्वले यो ठाउँ र गरिब जनताको पक्षमा काम गर्नै नसक्ने दाबी गरे । यस्तै कारणले गाउँ गाउँमा भ्रष्ट्राचार बढ्नुका साथै बेथिती बढ्ने भएकाले पैसामा नबिक्न पनि उहाँले अनुरोध गरे ।

चुनावी सभामा नेकपा एकीकृत समाजवादीका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदर शेरबहादुर बुढाले आफ्नो लामो राजनितिक इतिहासमा अहिलेसम्म कुनैपनि दाग लाग्ने काम नगरेको स्मरण गराउदै अबपनि समाजकै हितका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे। उहाँले आफुलाई कुनैपनि छलछाम गर्न नआउने भएकाले एक इमानदार व्यक्तिका रुपमा सबै मतदाताले भोट दिनेमा विस्वास व्यक्त गरे ।

साथै सामाजिक सुरक्षाभत्ता, एम्बुलेन्स सेवा, सर्वसुलभ शिक्षा, खानेपानी, सरसफाई, बनजंगल संरक्षण, महिला, दलित र पछाडी पारिएका वर्गको उत्थानकालागि बिशेष योजनाहरु लागु गर्ने बचन दिए । अहिलेका जनप्रतिनिधिले आफन्त र नातागोताका व्यक्तिलाई मात्र लाभ हुने गरी काम गरिरहेको आरोप लगाउदै उहाँले आफु निर्वाचित भए कुनैपनि वडामा सामान्य सिफारिस देखि ठुला योजनामा बिभेद नहुने प्रतिवद्धता जनाए ।

चुनावी सभालाई सम्बोधन गर्दै उपाध्यक्ष पदका उम्मेदवार देवकला खत्री (चलाउने) ले लामो समयदेखि आफु यहीँ समाजकालागि खटिएकाले यो पटक बिशेषगरी महिला र बालबालिकाको उत्थानका लागि आफु उम्मेदवारका रुपमा अघि सरेकाले मतदान गरेर सहयोग गर्न आग्रह गरिन ।

चुनावी सभामा पार्टीका ढकारी संगठन कमिटी अध्यक्ष धर्मराज साँउद, जिल्ला कमिटी सदस्यहरु मानबहादुर बुढा, राजबहादुर शाही, कमल क्षेत्री, देवेन्द्र बहादुर बुढा, दिलबहादुर थापा, गौरीकान्त जैसी, समाजसेवी मोतिसिंह बुढा लगायतको पनि उपस्थीति थियो । उहाँहरुले ढुंगाचाल्नामा खानेपानी, सडक र अन्य निर्माणमा व्यापक अनियमितता भएको र वडा कार्यालयबाट सिफारिस दिनेमा समेत भेदभाव गर्ने गरिएको भन्दै यस्तो कार्यले दलित र गरिब परिवारहरु मारमा परेको उल्लेख गरे।

सोलार पाता वितरणमा समेत आफु निकटका व्यक्तिलाई मात्र छनोट गरिनु जस्ता कार्यले जनतामा निराशा छाएको भन्दै अब निर्वाचित हुने जनप्रतिनिधिले यस्ता गल्ती गर्न नहुने भन्दै सुझाब दिएका थिए । सभामा बोल्ने क्रममा वडा नम्बर ६ ढुंगाचाल्नाका वडाध्यक्ष पदका उम्मेदवार प्रकाश थापाले आफु निर्वाचित भए पहिलो वर्षमै वडामा एम्बुलेन्स सेवा संचालन गर्ने भन्दै अब स्ट्रेचरमा सुत्केरी बोक्नुपर्ने बाध्यताको अन्त्य गरिने बताए ।

उनले वडाका कयौं समस्या समाधानका लागि जनस्तरबाट योजना माग गरेर त्यही अनुसारका काम गरिने समेत उल्लेख गरे । जिल्ला कमिटी सदस्य तथा वडा सदस्य पदका उम्मेदवार कर्णबहादुर बुढाको स्वागत मन्तब्यबाट सुरु भएको चुनावी सभामा नेपाली कांग्रेस परित्याग गरी खगेन्द्र प्रसाद अधिकारी, प्रेम प्रसाद अधिकारी, मनराज अधिकारी, भीमबहादुर कामी, कालु कामी, बीरबहादुर बुढा, भैरे कामी, लालबहादुर कामी, अमर कामी र तपेन्द्र कामी तथा एमाले परित्याग गरी मोहनसिंह बिक पनि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

पार्टीका जिल्ला कमिटी सदस्य भुपेन्द्र बुढाले सञ्चालन गरेको सभामा युवा संघका प्रदेश कमिटी सदस्य जगत बहादुर थापा, भिम थापा, वडा सदस्य पदका उम्मेदवार जनकबहादुर कामी, जुना नेपाली, पदमादेबी थापा लगायत करिब दुई हजार बढीको उपस्थीति रहेको थियो ।

चुनावी सभा अघि वडा नम्बर ६ ढुंगाचाल्नाको थारा, मोय, मोयकाँडा, अमगाउँ लगायतका गाउँबाट बाजागाजा सहित पार्टीको पक्षमा भोट माग्दै र्याली समेत निकालीएको थियो । नेकपा एकीकृत समाजवादीले निरन्तर आफ्नो चुनावी सभा जारी राख्ने जनाएको छ ।