मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसैन नगरबासीका लागि सर्मपित भएर काम गर्नेछु : मेयर पदका उम्मेद्धार शाही

मंगलसैन नगरबासीका लागि सर्मपित भएर काम गर्नेछु : मेयर पदका उम्मेद्धार शाही

मंगलसैन नगरबासीको समाजसेवा गर्ने संकल्प लिएको छु : मेयरका उम्मेद्धार शाही


मेयरका उम्मेद्धार शाही भन्छन् मंगलसैनलाई नमुना नगर बनाउने एक मात्रै उद्देश्य हो, यसपटक मत दिनुहोस्

अछाम । जिल्लाको सदरमुकाम मंगलसैन नगरपालिकामा मेयर पदका उम्मेद्धार नम बहादुर शाहीले आफु समाजसेवा गर्ने संकल्पका साथ राजनितिमा लागेको बताएका छन् । मंगलसैन नगरपालिका वडा नं. ७ को घरदैलो पछिको कार्यक्रममा बोल्दै शाहीले भने मेरो विकास, परिर्वतन र समाजको सेवा गर्नु बाहेक अर्को उद्देश्य नभएको बताएका हुन् ।

२०३६ सालको जनमत संग्रहपछि राजनितिमा होमिएको हुँ शाहीले भने त्यसयता मैले समाजसेवा बाहेक अन्य कुनै फरक मनसायले राजनितिमा सक्रिय भएको होईन् । मेरो एक मात्र चाहाना जनता सुखी र खुशी हुन भन्ने छ, त्यसका लागि सबै क्षेत्रको विकास हुन जरुरी छ, उनले भने विकास गर्ने खाका हामी संग छ यसपटक गठबन्धनलाई मत दिनुहोस् ।

षोडशा माबीको ईकाई अध्यक्ष भएर कांग्रेसको राजनिति प्रारम्भ गरेका शाहीले २०४९ सालको स्थानिय तहको चुनावमा तत्कालिन जनालीवण्डालीको गाविस अध्यक्ष भएर गाविसको शिक्षा, स्वास्थ्य, सड्क र खानेपानीका क्षेत्रमा बिशेष काम गरेको स्मरण गरे ।

आफ्नो ५ बर्षको कार्यकालमा विकास निर्माणका सन्र्दभमा जनालीबण्डालीमा खानेपालीको मुख्य समस्या थियो शाहीले भने अहिले जति पनि खानेपानीका संरचना निर्माण भएका छन् त्यसको जग मैले नै प्रारम्भ गरेको हुँ । शिक्षाको क्षेत्रमा हालको ६ र ७ मा माबी स्कुल बनाउन आफुले नै नेतृत्व गरेको उनले बताए ।

ठुलासैनमा मालिका र पैयाँकोटमा कालिका आधारभुत बिद्यालयको स्थापना पनि आफ्नै पालामा भएको उनले बताए । त्यतिबेला बजेट पनि कम थियो तर पनि आफुले यातायातको क्षेत्रमा समेत पहिलो पटक गाँउमा सड् पुगाएको उनले बताए ।

यसपटक मंगलसैन नगरबासीको माया पाएको खण्डमा मन र मन जित्न सफल भएमा मंगलसैनलाई नमुना नगर बनाउने र जनताका लागि सर्मपित भएर काम गर्ने आफ्नो योजना रहेको उनले सुनाए ।

एक अर्को प्रशंगमा बोल्दै मेयर पदका उम्मेद्धार शाहलिे भने म राजनितिमा लागेपछि कुनै चिज प्राप्त गर्छु भनेर लागेको थिएन्, बिशुद्ध समाजसेवा गर्ने उद्देश्यले राजनितिमा प्रबेश गरेको हुँ मैले के प्राप्त गरे भन्दा पनि मैले जनतालाई के दिन सके भन्न कुरालाई ठुलो ठानेको छु ।